एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलहरुको बैठक शुरु

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलहरुको बैठक शुरु
तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्री सचिवालय

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा छलफल गर्न बोलाएको सत्ता गठबन्धन दलहरुको बैठक शुरु भएको छ।

उक्त बैठक अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो। सरकारमा सहभागी दलका शिर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री, कानुनमन्त्री लगायत विभिन्न विभागीय कर्मचारीहरु बिच एनसेल खरिद विक्रीमा भएको अनियमितताको बारेमा छलफल भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्रीले एनसेलको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

यसैगरी यो व्यावसायिक सम्झौताबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा शीघ्र अध्ययन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए।

मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व बेलायती कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार