युट्युब भ्यूजका लागि आफ्नो प्लेन दूर्घटना गराउने युट्युबरलाई जेल सजाय

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
युट्युब भ्यूजका लागि आफ्नो प्लेन दूर्घटना गराउने युट्युबरलाई जेल सजाय

काठमाडौं ।

अहिले सम्म तपाईले सोशल मिडिया र युट्युबमा सबै प्रकारका अनौठो भिडियोहरू देख्नु भएको छ जहाँ सिर्जनाकर्ताहरूले भ्यूजको लागि जे पनि गरेको देखिन्छ। केहि समयअघि एक अमेरिकी युट्युबरले पनि यस्तै गरेका छन्।

एएफपी रिपोर्टका अनुसार अमेरिकी निवासी ट्रेभर ज्याकबले भ्यूजका लागि आफ्नै विमान दुर्घटनाग्रस्त गरेका थिए। वास्तवमा, युट्युबर नोभेम्बर २०२१ मा दक्षिणी क्यालिफोर्नियामा उडिरहेका थियो। केही टाढा गएपछि ट्रेभर ज्याकबले विमानलाई हावामा छाडेर आफ्नो एउटा प्यारासुटमार्फत हाम फालेका थिए।

यो भिडियो त्यस समयमा निकै चर्चित भएको थियो र लाखौं भ्यूज थपिएको थियो।

यसैबीच, यो मुद्दाको सुनुवाई गर्दै अदालतले हालै ती युट्युबरलाई ६ महिनाको जेल सजाय सुनाएको छ। युट्युबरले ‘आई क्र्याश्ड माई प्लेन (I crashed my plane)’ शीर्षकको साथ यो भिडियो पोस्ट गरेको थियो, जसलाई ४.४ मिलियन भन्दा बढीले हेरिसकेका छन्। यो भिडियो अझै पनि युट्युबको च्यानलमा उपलब्ध छ।

रिपोर्टका अनुसार ट्रेभर ज्याकबले अनुसन्धानका क्रममा अधिकारीहरूलाई गलत जानकारी दिए र विमानमा केही त्रुटी भएको बताएका थिए। तर, पछि गरिएको अनुसन्धानले युट्युबरले जानाजानी यो गरेको र दुर्घटनास्थलबाट विमानका भागहरू हटाउन साथीसँग हेलिकप्टरमा उडेको खुलासा भयो।

पछि उनले एक नियामक अनुसन्धानमा आफ्नो गल्ती र लगाईएको आरोप स्विकार गरेका थिए।

भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरद्वारा आरोप स्वीकार

युट्युबरले विमानका पार्टपुर्जाहरू हेलिकप्टरमा राखे र पछि कसैलाई खबर नहोस् भनेर लोम्पोक सिटी एयरपोर्ट र वरपरको डस्टबिनमा त्यसलाई फालेका थिए।

संयुक्त राज्य अमेरिकामा उडान नियन्त्रण गर्ने निकाय एफएएले उनलाई उडानमा प्रतिबन्ध लगाएको छ र अप्रिल २०२२ मा जेकबको पाइलट लाइसेन्स रद्द गरियो।

अदालतले युट्युबरले अनुसन्धानमा बाधा पुर्याउने र प्रमाण नष्ट गर्ने प्रयास गरेको र पैसा कमाउन गलत कार्य गरेको बताएको छ। यस मुद्दामा अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको छ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार