एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैन्ः अर्थमन्त्री डा महत

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैन्ः अर्थमन्त्री डा महत
फाइल तस्विर

काठमाडौं ।

अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले जानकारी नभएको तर सूचना लिईरहेको बताए।

उनले भने, “हामी सूचना लिइरहेका छौँ। यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।”

आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए।

अर्थमन्त्री डा महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन्।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १९ मंसिर २०८०, मंगलवार