
काठमाडौं ।
शाओमीले चाँडै नै आफ्नो पहिलो स्मार्ट इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी गरिरहेको छ। तर यो ईभी अनावरण गर्नु अघि, नयाँ रिपोर्टले शाओमी कारको प्रोडक्सनका साथै मास प्रोडक्सन (ठूलो उत्पादन) को नजिक पुग्दै गर्दा कम्पनीले चुनौतीहरूको सामना गरिरहेको छ।
हालैको नयाँ रिपोर्ट अनुसार, चिनियाँ टेक जायन्ट गत हप्ता आफ्नो यीझुआङ कारखानाबाट प्रोडक्सन लाइन भेरिफिकेसन (प्रमाणीकरण) को पाँचौं चरणमा पुगेको छ। कम्पनीले यसै महिना ईभीका ३०० युनिट निर्माण गर्ने योजना बनाएको र सो संख्या नोभेम्बरको लक्ष्यभन्दा दोब्बर भएको उल्लेख गरिएको छ।
त्यसैगरी मास प्रोडक्सन स्टेज अर्को वर्षको पहिलो त्रैमासमा सुरु हुने अपेक्षा गरिएको छ। साथै आफ्नो पहिलो ईभीको लागि कम्पनीले गति भन्दा स्थिरतामा जोड दिइरहेको जनाइएको छ। साथै, नयाँ कारको लागि ठाउँ बनाउन भनेर शाओमीले आफ्नो शाओमी होम पोर्टफोलियोबाट केही सामग्रीहरूको उत्पादन घटाउने भएको छ।
साथै मास प्रोडक्सनमा विभिन्न समस्या भोगेको रिपोर्टले उल्लेख गरेको छ । यी समस्याहरूमा कार सम्बन्धित समस्याहरू समावेश रहेका छन्। यद्यपि, यी मध्ये केही समस्यालाई रिमोट ओटीए अद्यावधिक मार्फत सम्बोधन गरिएको जनाइएको छ। मुख्यालयका आर एन्ड डी कर्मचारीहरूले पनि निर्माण प्रक्रियामा समस्याहरूको सामना गर्नुका साथै फाइनल एसेम्ब्ली पनि लाइन सटडाउन्स र पार्ट्स डेलिभरीमा भएको ढिला–सुस्तीले प्रभावित भएको उल्लेख गरिएको छ।
अहिलेसम्म थाहा भएअनुसार, शाओमी कार अर्को वर्ष रिलिज हुनसक्ने सम्भावना रहेको छ। साथै यसको प्रारम्भिक मूल्य १४९,९०० युआन (लगभग २०,७७७ अमेरिकी डलर) हुन सक्ने जनाइएको छ। यस वर्षको सुरुवातमा, शाओमीको ईभी हिउँमा परीक्षण गरिएको पनि देखा परेको थियो। त्यसैगरी उक्त परीक्षणको क्रममा कम्पनीका संस्थापक लेई जुन पनि देखिएका थिए।
प्रकाशित: १९ मंसिर २०८०, मंगलवार