युरोपमा स्मार्टफोनको ढुवानी घट्यो, सन् २०२४ मा बजार ‘ग्रिनर पास्चर’ तर्फ लाग्ने

  • Technology Khabar | १८ मंसिर २०८०, सोमबार
युरोपमा स्मार्टफोनको ढुवानी घट्यो, सन् २०२४ मा बजार ‘ग्रिनर पास्चर’ तर्फ लाग्ने

काठमाडौं ।

क्यानालिसको नयाँ रिपोर्टले युरोपेली बजारको स्मार्टफोन ढुवानीमा निरन्तर गिरावटको खुलासा गरेको छ भने अर्को वर्ष मागमा थोरै वृद्धि हुने संकेत गरेको छ। साथै रिपोर्टले सन् २०२३ को तेस्रो त्रैमासिकमा कुल सिपमेन्ट ३२ मिलियन पुगेको र गिरावट ६ प्रतिशतमा संकुचित भएको उल्लेख गरेको छ।

सामसङ र एप्पलले क्रमशः २५ प्रतिशत र २२ प्रतिशत बजार हिस्साका साथ आफ्नो शीर्ष स्थान कायम राखेको जनाइएको छ। साथै शाओमी, मोटोरोला, र टीसीएलले पनि त्रैमासिकमा राम्रो बिक्री गरेको र तिनीहरूको समग्र बिक्री युरोपमा बढ्ने अपेक्षा गरिएको छ।

खुद्रा विक्रेताहरूले पुराना स्मार्टफोनहरूको स्टक घटाउने प्रयास गरेको हुनाले त्यसले ढुवानीमा गिरावट ल्याएकाले यस त्रैमासिकमा एप्पल र सामसङका लागि चुनौतिहरू उत्पन्न गरेको जनाइएको छ। ग्यालेक्सी ए सिरिजबाट बढी लाभदायक मिड–रेन्ज स्मार्टफोन, एस सिरिज फ्ल्यागसिप र फोल्डेबलमा फोकस गर्ने सामसङको रणनीतिले पनि लचिलो माग निम्त्याएको उल्लेख गरिएको छ।

एप्पलको लागि, यूएसबी टाइप–सी केबल–लेड आईफोन १५ ले कम्पनीको ढुवानी ५९ प्रतिशतले बढाएको छ। तर, आईफोन १४ र पुराना मोडलहरूको ओभरस्टकिङ कम गर्नका लागि खुद्रा विक्रेताहरूले ढुवानी रोकेको र जसले सन् २०२३ को तेस्रो त्रैमासिकको समग्र ढुवानीमा कमी ल्याएको उल्लेख गरिएको छ।

सामसङ ३५ प्रतिशत समग्र स्मार्टफोन मार्केट सेयरको साथ शीर्षमा रह्यो भने एप्पलको २२ प्रतिशत रहेको उल्लेख गरिएको छ। शाओमीको यसको रेडमी सिरिजको साथ मिड–रेन्जमा बलियो मागले बजार सेयरको १९ प्रतिशत प्राप्त गरेको जनाइएको छ।

साथै मोटोरोला र टीसीएलको बजार हिस्सा क्रमशः ५ प्रतिशत र ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ।

यस बीचमा, शाओमी, मोटोरोला, र टीसीएलले ढुवानीमा उल्लेखनीय वृद्धि दर्ता गरेको तर यो लो–टु–मिड–रेञ्ज सेगमेन्टमा सीमित रहेको थियो। लो–इन्ड बाट हाई–इन्डको बजारमा सामसङको फोकस सिफ्टद्वारा सिर्जना गरेको बफरले यी ओईएमहरू प्रवेश गर्ने मार्ग प्रशस्त गरेको उल्लेख छ।

क्यानालिसले सन् २०२४ मा बजार ४ प्रतिशतले बढ्ने अनुमान गरेको छ। सन् २०२३ मा आफ्नो पर्फमेन्स रिडिम गर्न खोज्ने बिक्रेताहरूका लागि यो वर्षको बाँकी समय महत्वपूर्ण रहन्छ, सन् २०२४ लाई सकारात्मक गतिका साथ सुरु गर्न र सन् २०२४ को पहिलो आधा भागमा नयाँ उत्पादन लन्च हुनुअघि च्यानल इन्भेन्टरी खाली गर्न चाहन्छ,” रुनार बजोर्होवडे, क्यानालिसका विश्लेषकले भने।

सन् २०२३ विश्वव्यापी स्मार्टफोन कम्पनीहरूका लागि त्यति राम्रो नभए पनि बजार विज्ञहरूका अनुसार सन् २०२४ मा युरोपेली बजारमा सुधार आउने उल्लेख गरिएको छ। सन् २०२० र २०२१ मा खरिद गरिएका मिड–रेन्जका डिभाइसहरूको रिफ्रेस साइकलका कारण यो ४ प्रतिशत माथि जाने उल्लेख गरिएको छ।

प्रकाशित: १८ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार