काठमाडौं ।
नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान सुरु गरेको छ। यो अभियान १५ मंसिर देखि १४ पुससम्म चल्ने छ ।
नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन। क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्दछन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।
प्रकाशित: १७ मंसिर २०८०, आईतवार