
काठमाडौं ।
यस पुस्ताको सबैभन्दा उच्च प्रतिशित गेममध्ये एक जीटीए–६ रिलीज हुने चरणमा रहेको छ।
रकस्टार गेम्सले ग्रान्ड थेफ्ट अटो ६ को ट्रेलर ५ डिसेम्बर १४०० जीएमटीमा अनावरण गर्ने घोषणा गरेको छ।
यद्यपि गेम कहिले रिलीज हुन्छ भन्ने अज्ञात नै रहेको बीबीसीले उल्लेख गरेको छ।
यसका बावजुत धेरै फ्यानहरु उत्साहित छन्। एक्समा रकस्टारले पोस्ट गरेको ट्रेलर लन्च घोषणा दुई घण्टा भन्दा कम समयमा २६ मिलियन पटक हेरिएको छ।
रकस्टार गेम्सले ग्राण्ड थेफ्ट अटो ५ रिलिज गरेको १० वर्ष भइ सकेको छ। यो १८५ मिलियन भन्दा बढी कपी बिक्री भइसकेको छ। जुन माइनक्राफ्ट पछिको दोस्रो सबैभन्दा धेरै बिक्री हुने भिडियो गेम हो।
रकस्टाले गेम्सले लामो समयदेखि जीटीए ६ मा काम गरिरहेको छ। कम्पनीले पहिलो पटक २०२२ फेब्रुअरीमा गेम उत्पादनको पुष्टि गरेको थियो।
जीटीए गेमका अध्यक्ष साम हाउसरले डिसेम्बर २५ को रिलीज कम्पनीको २५ औं वार्षिकोत्सवसँग मिल्ने गरी गर्न लागिएको बताएका छन्।
ग्रान्ड थेफ्ट अटो पहिलो पटक सन् १९९७ मा रिलीज गरिएको थियो।
प्रकाशित: १७ मंसिर २०८०, आईतवार