काठमाडौं ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आन्तरिकरुपमा शाखा प्रमुखहरुको सरुवा गरेको छ।
पछिल्लो समय आर्थिक प्रशासन शाखा प्रमुख सुरेश बस्नेतको राजीनामा विवादले चर्को रुप लिएसँगै कर्मचारीहरुले काम गर्नमा असहजता महसुस गरेको बताउँदै आएका थिए। बस्नेतलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएसको लागि भेन्डरलाई रकम भुक्तानी गर्न चर्को दबाब दिईएको थियो, तर उनले राजीनामा दिएका थिए।
हेर्नुस् सम्बन्धित समाचार-
दूरसञ्चार प्राधिकरणले तोक्यो नयाँ लेखा प्रमुख, एमडीएमएसको विवादास्पद भुक्तानीको बाटो खोलिँदै
यसैबीचमा प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले शाखा प्रमुखको रुपमा कार्यरत उप निर्देशकहरुको आन्तरिक सरुवा गरेका हुन्। जसमा प्रशासन तर्फका दुईजना बाहेक अन्य सबैको शाखा हेरफेर गरिएको छ।
प्राधिकरण स्रोतले जानकारी दिएअनुसार शुक्रबार सरुवा भएका सबैलाई सरुवा भएको जानकारी दिईएपनि पत्र दिईएको छैन्। “सबैको सरुवा भएको भनिएको छ तर पत्र दिईएको छैन्। आईतवार वा सोमबारसम्ममा पत्र आउँछ होला,” स्रोतले भन्यो।
सरुवामा प्रशासनिक र प्राविधिक दुबै तर्फका उप निर्देशकहरु रहेका छन्।
सरुवा हुनुभन्दा अगाडि प्रशासनिक कार्यतर्फ अध्यक्षको सचिवालय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखामा उप निर्देशक अन्जना देवकोटा खनाल, आर्थिक विश्लेषण शाखामा झलक ब. थापा, उपभोक्ता हित संरक्षण शाखामा प्रतिमा घिमिरे, मानव संशाधन विकास तथा आन्तरिक प्रशासन शाखामा संदिप अधिकारी, आर्थिक प्रशासन शाखामा सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखामा सूर्य प्रसाद लामिछाने, अनुमतिपत्र व्यवस्थापन शाखामा सुन्दर प्याकुरेल, कानुन शाखा र अनुमतिपत्र शर्त अनुगमन शाखामा रेवती राम पन्थ कार्यरत रहेका थिए।
यस्तै प्राविधिक तर्फ उपकरण स्तरीकरण शाखा तथा सेवा गुणस्तर स्तरीकरण शाखामा दिनेश मैनाली, फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखा र अन्तरआवद्दता तथा नम्बरिङ शाखामा डा. प्रदिप पौड्याल, ग्रामीण दूरसञ्चार विकास शाखामा बिनोद चन्द्र श्रेष्ठ, पूर्वाधार विकास शाखामा अच्युतानन्द मिश्र, प्रविधि अनुसन्धान तथा विकास शाखामा हिरण्य प्रसाद बस्ताकोटी, फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखामा रोजा किरण बासुकलाले जिम्मेवारी लिएका थिए।
यसमध्ये अध्यक्षको सचिवालय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखामा कार्यरत उप निर्देशक अन्जना देवकोटा खनाल र उपभोक्ता हित संरक्षण शाखामा कार्यरत उप निर्देशक प्रतिमा घिमिरेको भने सरुवा भएको छैन्।
राजीनामा दिएका बस्नेतको स्थान पनि खाली नै रहेको छ। उनको स्थानमा सोही शाखाका अर्का अधिकृतलाई जिम्मा दिईएको छ। बस्नेतको राजीनामा स्वीकृत भईसकेको छैन्।
अन्य सबैको जिम्मेबारी हेरफेर गरिएको छ।
को कुन शाखाबाट कुन शाखामा सरुवा भए हेर्नुस् सूची
| क्रम संख्या | नाम | पहिले | सरुवा भएको शाखा |
| १ | अन्जना देवकोटा खनाल | अध्यक्षको सचिवालय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा | अध्यक्षको सचिवालय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा |
| २ | झलक ब. थापा | आर्थिक विश्लेषण शाखा | मानव संशाधन विकास तथा आन्तरिक प्रशासन शाखा |
| ३ | प्रतिमा घिमिरे | उपभोक्ता हित संरक्षण शाखा | उपभोक्ता हित संरक्षण शाखा |
| ४ | संदिप अधिकारी | मानव संशाधन विकास तथा आन्तरिक प्रशासन शाखा | अनुमतिपत्र व्यवस्थापन शाखा |
| ५ | सुरेश बस्नेत | आर्थिक प्रशासन शाखा | – |
| ६ | सूर्य प्रसाद लामिछाने | योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखा | अनुमतिपत्र शर्त अनुगमन शाखा |
| ७ | सुन्दर प्याकुरेल | अनुमतिपत्र व्यवस्थापन शाखा | आर्थिक विश्लेषण शाखा |
| ८ | रेवती राम पन्थ | कानुन शाखा र अनुमतिपत्र शर्त अनुगमन शाखा | योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखा |
| ९ | दिनेश मैनाली | उपकरण स्तरीकरण शाखा र सेवा गुणस्तर स्तरीकरण शाखा | पूर्वाधार विकास शाखा |
| १० | डा प्रदिप पौड्याल | फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखा र अन्तरआवद्दता तथा नम्बरिङ शाखा | सेवा गुणस्तर स्तरीकरण शाखा |
| ११ | बिनोद चन्द्र श्रेष्ठ | ग्रामीण दूरसञ्चार विकास शाखा | प्रविधि अनुसन्धान तथा विकास शाखा |
| १२ | अच्युतानन्द मिश्र | पूर्वाधार विकास शाखा | सेवा प्रवाह अनुगमन शाखा |
| १३ | हिरण्य प्रसाद बस्ताकोटी | प्रविधि अनुसन्धान तथा विकास शाखा | उपकरण स्तरीकरण शाखा |
| १४ | रोजा किरण बासुकला | फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखा | फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखा |
प्राधिकरण स्रोतकाअनुसार केहि उपनिर्देशकहरुले दुई जिम्मेबारी निभाउँदै आएका थिए। जसमा रेवती राम पन्थले कानुन शाखा र अनुमतिपत्र शर्त अनुगमन शाखा सम्हालिरहेका थिए भने दिनेश मैनालीले उपकरण स्तरीकरण शाखा र सेवा गुणस्तर स्तरीकरण शाखा हेरिरहेका थिए। त्यस्तै डा प्रदिप पौड्याललाई फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखा र अन्तरआवद्दता तथा नम्बरिङ शाखाको दोहोरो जिम्मेवारी दिईएको थियो।
हाल भएको सरुवाअनुसार अब ग्रामीण दूरसञ्चार विकास शाखा, अन्तरआवद्दता तथा नम्बरिङ शाखा र कानुन शाखाका प्रमुख खालि भएका छन्।
यो पनि हेर्नुस्-
एमडीएमएसको प्रणालीनै संचालनमा नआएको दूरसञ्चार प्राधिकरणको स्वीकारोक्ति
प्रकाशित: १७ मंसिर २०८०, आईतवार