
काठमाडौं ।
सामसङ इन्टरनेट वेब ब्राउजर अब माइक्रोसफ्ट स्टोरबाट स्ट्यान्डअलोन विन्डोज एपको रूपमा उपलब्ध भएको छ।
सामसङको क्रोमियम–बेस्ड (आधारित) ब्राउजरले सामसङ खातासँग साइन अप गरिएको खण्डमा तपाइँलाई तपाइँको खुला ट्याब्स, बुकमाक्र्स र सेभ्ड पेज (सुरक्षित गरिएका पृष्ठ) हरू आयात गर्नका साथै तपाइँको लिङ्क गरिएको फोनको इतिहास ब्राउज गर्न पनि अनुमति दिनेछ।
यद्यपी यस समयमा पासवर्ड सिङ्किङ भने अझै पनि उपलब्ध नभएको जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।
सामसङ इन्टरनेट चलाएर हेर्नको लागि भने विन्डोज १० वा नयाँ डिभाइस चाहिने उल्लेख गरिएको छ। साथै यसले क्रोम वेब स्टोरको एक्सटेन्सन्स (बिस्तारहरू) का साथै लाईट र डार्क मोडहरूलाई समर्थन गर्ने जनाइएको छ।
ब्राउजर केवल १३० एमबीमा आउने र सामसङ फोन र ट्याब्लेटमा पाइने संस्करण जस्तै देखिने उल्लेख गरिएको छ।
प्रकाशित: १४ मंसिर २०८०, बिहीबार