ह्वावेले टेक संचालित औद्योगिक विकासका लागि चीनको हेलियाङ्ग समूहसँग साझेदारी

  • Technology Khabar | १४ मंसिर २०८०, बिहीबार
ह्वावेले टेक संचालित औद्योगिक विकासका लागि चीनको हेलियाङ्ग समूहसँग साझेदारी

काठमाडौं ।

चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजीजले अमेरिकी प्रतिबन्धका चुनौतीहरूको बीचमा आफ्नो व्यवसायलाई विविधीकरण गर्न रणनीतिक कदम चालेको छ।

एडभान्स्ड (उन्नत) डिजिटल सलुसन्स (समाधानहरू) प्रदान गर्नका लागि भनेर टेक जायन्टले अब चीनको शीर्ष तामाको पाइप निर्यातकर्ता र विश्वव्यापी बजारको नेतृत्वमा रहेको हाइलियाङ्ग ग्रुपसँग साझेदारी गर्ने भएको छ।

खनन, शिक्षा, कृषि, र घर जग्गामा आफ्नो विविध चासोको साथ हेलियाङ्ग ग्रुपले क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फाइभजी प्रविधिमा ह्वावेको विशेषज्ञताबाट उल्लेखनीय लाभ उठाउने तयारी गरेको उल्लेख छ।

सन् २०२२ देखिको निरन्तर यो साझेदारीले डिजिटल म्यानेजमेन्ट, स्मार्ट म्यानुफ्याक्चरिङ्ग र ग्रिन इनर्जी इनिसियटिभ्स (हरित ऊर्जा पहलहरू) लगायत विभिन्न मोर्चाहरूमा हेलियाङ्गको सञ्चालनमा क्रान्तिकारी परिवर्तन गर्ने लक्ष्य राखेको छ।

यो कदम कन्भेस्नल इन्डस्ट्रिज (परम्परागत उद्योगहरू) लाई यसको प्राविधिक क्षमता प्रदान गरेर नयाँ राजस्व प्रवाहहरू सिर्जना गर्ने ह्वावेको फराकिलो रणनीतिको एक हिस्सा भएको जनाइएको छ।

सन् २०१९ मा अमेरिकाले लगाएको प्रतिबन्धले ह्वावेलाई आफ्नो व्यापार मोडलमा पुनर्विचार गर्न र नयाँ आकार दिन प्रेरित गरेको छ।

हेलियाङ्गसँगको सहकार्य ह्वावेको लागि व्यापार विस्तार मात्र नभएको र यो बाह्य दबाबको सामना गर्न यसको लचिलोपन र अनुकूलन क्षमताको प्रमाण भएको जनाइएको छ। त्यसैगरी यो पहलले हेलियाङ्गको वृद्धिलाई प्रोत्साहन गर्ने मात्र नभएर दूरसञ्चारभन्दा बाहिर आविष्कारलाई अघि बढाउने ह्वावेको क्षमतालाई पनि देखाउने अनुमान गरिएको छ।

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार