काठमाडौं ।
ह्वावेले स्याटेलाइट कनेक्टिभीटीसहितको ११ इन्च भेरिएन्टमा मेटप्याड प्रो लन्च गरेको छ।
ह्वावे मेटप्याड प्रो ११ (२०२४) को ११ इन्चको ओएलईडी डिस्प्ले प्यानलमा डब्ल्यूक्यूएक्सजीए रिजोल्युसन, ६०० निट्स पिक ब्राईटनेस र १२० हर्ज रिफ्रेस रेट रहेको छ। साथै स्क्रिनलाई बेजेल्स र माथिल्लो दायाँ कुनामा पंच–होल कटआउटले घेरिएको छ।
ट्याब्लेट एम–पेन्सिल नामक स्टाइलससँग कम्प्याटिबल भएको र यसलाई चुम्बकीय रूपमा साइडमा जोड्न सकिने छ।
ह्वावे मेटप्याड प्रो ११ (२०२४) को पछाडिको प्यानलमा सर्कुलर (गोलाकार) क्यामरा मोड्युल फिचर गरिएको छ। साथै यसमा १३ मेगापिक्सेल र ८ मेगापिक्सेलका सेन्सरहरू समायोजन गरिएको उल्लेख छ। त्यसका साथै त्यहाँ १६ मेगापिक्सेलको फ्रन्ट–फेसिंग सेल्फी स्न्यापर पनि रहेको जनाइएको छ। साथै ट्याब्लेट स्पिकर प्रणालीसँग सुसज्जित रहेको छ।
त्यसैगरी, ह्वावे मेटप्याड प्रो ११ (२०२४) मा किरिन ९००० एस प्रोसेसर रहेको र सो प्रोसेसर १३.२ इन्च मोडलको तुलनामा थोरै डाउनग्रेड गरिएको संस्करण भएको जनाइएको छ। यसमा १२ जीबी र्याम प्याक गर्दछ भने २५६ जीबी र ५१२ जीबी स्टोरेज अप्सनहरूमा उपलब्ध भएको छ। साथै ट्याब्लेटमा ८,३०० एमएएच ब्याट्री युनिट समावेश गरिएको र यसले ६६ वाटको फास्ट चार्जिङसमर्थन गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी अनबोर्डमा हिट डिसिपेसन सिस्टम (प्रणाली) पनि समावेश गरिएको थप उल्लेख छ। सफ्टवेयरको सन्दर्भमा, ह्वावे मेटप्याड प्रो ११ (२०२४) मा हार्मोनीओएस ४ रहेको र यसको फिचर्समा मल्टिटास्किङ, पीसी–स्तर एप्स र थप सुविधाहरू छ। यस बाहेक, नेटवर्क सिग्नल नभएको अवस्थाको लागि भनेर ह्वावे मेटप्याड प्रो ११ (२०२४) मा दुई–तर्फी स्याटेलाइट मेसेजिङ्ग पनि रहेको छ।
ह्वावे मेटप्याड प्रो ११ (२०२४) को १२ जीबी प्लस २५६ जीबी र १२जीबी प्लस ५१२ जीबी र्याम र स्टोरेज कन्फिगरेसनहरूको मूल्य क्रमशः ४,२९९ चिनियाँ युआन र ४,७९९ चिनियाँ युआन तोकिएको छ।
साथै यो नयाँ ट्याब्लेट हरियो, निलो, कालो र सेतो रङ्गहरूमा उपलब्ध भएको जनाइएको छ भने ट्याब्लेट मगंलबारदेखि प्रि–अर्डरमा जाने र डिसेम्बर ८ बाट बिक्री सुरु गरिने उल्लेख छ।
प्रकाशित: १४ मंसिर २०८०, बिहीबार