
काठमाडौं ।
भारतको बेंगलरुमा आधारित सिम्पल इनर्जी कम्पनीले सिम्पल डट वान इलेक्ट्रिक स्कुटर लन्च गर्ने घोषणा गरेको छ। १५ डिसेम्बरमा सार्वजनिक हुने नयाँ इलेक्ट्रिक स्कुटर सिम्पल इलेक्ट्रिक स्कुरटको सब भेरियन्टको रुपमा प्रस्तुत गरिनेछ।
लन्चका साथै यस मोडलको प्रिबुकिङ सुरु गरिने ड्राइभस्पार्कले उल्लेख गरेको छ। कम्पनीले यस वर्ष नै आफ्नो प्रिमियम इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च गरेको छ। यसको हालसम्म डेलिभरी सुरु भएको छैन। यस्तोमा कम्पनीले अर्को नयाँ उत्पादन लन्च गर्न गइरहेको छ।
सिम्पल डट वान उत्कृष्ट क्वालिटीका साथै पर्फमेन्स र फिचर्सका साथ डिजाइन गरिएको कम्पनीको दाबी छ। सिम्पल डट वान सिम्पल वान प्लेटफर्ममा तयार गरिनेछ।
रिपोर्टका अनुसार नयाँ सिम्पल डट वान इलेक्ट्रिक स्कुटर १ लाख भारु भन्दा कम मूल्यमा लन्च गरिनेछ। सम्पल डट वानमा ३.७ किलोवाटको ब्याट्री हुनेछ। यसले सिंगल चार्जमा १५० देखि १६० किलोमिटर रेञ्ज प्रदान गर्ने विश्वास गरिएको छ।
यस स्कुटरमा विशेष प्रकारको टायर प्रयोग गरिनेछ। जसको मद्दतबाट अन रोड रेञ्ज बढ्नेछ। सम्पल डट वानमा ३० लिटर भन्दा बढीको अन्डर सिट स्टोरेज क्षमता हुनेछ। यसमा एक टचस्क्रीन इन्स्ट्रुमेन्ट क्लस्टर हुनेछ जसले विभिन्न फिचर्सका साथ एप्लिकेसन कनेक्टिभिटी उपलब्ध हुनेछ।
प्रकाशित: १३ मंसिर २०८०, बुधबार