ह्वावे मेटबुक डी१६ (२०२४) ल्यापटप घोषणा

  • Technology Khabar | १३ मंसिर २०८०, बुधबार

काठमाडौं ।

ह्वावेले मेटप्याड प्रो ११ (२०२४)को सुरुवातसँगै मेटबुक डी१६ (२०२४) ल्यापटप घोषणा गरेको छ। मेटबुक डी१६ आफ्नो पूर्ववर्ती आर्थत् २०२३ को भर्सनको तुलनामा अपग्रेडका साथ ल्याइएको छ।

ह्वावे मेटबुक डी१६ (२०२४) १९२० वाई १२०० पिक्सेल रिजोल्युसन र ३०० निट्स पीक ब्राइटनेस भएको १६ इन्चको ठूलो आईपीएस डिस्प्लेमा उपलब्ध छ। स्क्रीन साँघुरो बेजेलहरूले घेरिएको छ र इमर्सिभ दृश्य अनुभवको लागि ९० प्रतिशत स्क्रीन-टु-बडी रेसियो प्रदान गर्दछ।

यसको तौल १.६८ किलोग्राम छ। ल्यापटपले कडा स्थायित्व (डुयुराविलिटी) परीक्षण पास गरेको ब्राण्डको दाबी छ। ल्यापटपमा एक समर्पित संख्यात्मक किप्याड र पावर बटनमा इम्बेडेड फिंगरप्रिन्ट स्क्यानर छ। यसमा एक मेटामेटरियल एन्टेना छ जुन डाउनलोड गति र २७० मिटर सम्मको कनेक्सन रेञ्ज बढाउने दाबी गरिएको छ।

ह्वावे मेटबुक डी१६ (२०२४) मा १३ औं पुस्ताको इन्टेल कोर प्रोसेसर कोर आई९ छन्। इन्टेल यूएचडी ग्राफिक्स भएको कोर आई५ बाहेक, कोर आई७ र आई९ विकल्पहरुमा इन्टेल आईरिस एक्सई जीपीयू अनबोर्ड छ। ल्यापटपममा १६ जीबी र्याम र १ टीबी एसएसडी स्टोरेज छ। यसमा ७० वाट वारको ब्याट्री दिइएको छ।

ह्वावे मेटबुक डी१६ (२०२४) मा १०८० पिक्सेल वेबक्याम, डुअल स्पिकर र माइक्रोफोन, र पाँच-पोइन्ट टचप्याड सपोर्ट प्याक छ। यसको सुरुवाती मूल्य ७०४ अमेरिकी डलर तोकिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार