
काठमाडौं ।
श्रीलंकाको टेलिकम अपरेटर डायलग आजियाटाले यसको ५जी परीक्षण नेटवर्कमा २ लाख प्रयोगकर्ताहरू पुगेको घोषणा गरेको छ।
डायलगका फाइभजी ग्राहकहरूले १ जीबीपीएससम्मको डाउनलोड र अपलोड गतिमा पहुँच गर्न सक्छन्।
डायलगको ५जी ट्रायल नेटवर्कले हाल देशभरका ७० स्थानहरू समेटेको बताईएको छ।
साथै कम्पनीले सन् २०१८ मा फाइभजी क्षमताहरू प्रदर्शन गर्ने दक्षिण एसियाली क्षेत्रमा पहिलो दूरसञ्चार सेवा प्रदायक भएको पनि उल्लेख गरेको छ।
यस अवसरलाई मनाउनका लागि, डायलगले एप्पल र एन्ड्रोइड लगायत उपयुक्त ५जी डिभाइसहरू प्रयोग गर्ने ग्राहकहरूलाई मासिक ५जीबी नि:शुल्क डाटा लाभको साथ उपहार दिँदैछ, जसले तिनीहरूलाई आफ्नो नेटवर्कमा पाइभजीको असीम सम्भावनाहरू अनुभव गर्न अनुमति दिन्छ।
प्रकाशित: १३ मंसिर २०८०, बुधबार