फ्रान्सेली इलेक्ट्रोनिक्स ब्रान्ड थमसनले भारतमै सस्तो मूल्यको ल्यापटप निर्माण गर्ने

Technology Khabar १३ मंसिर २०८०, बुधबार

काठमाडौं ।

फ्रान्सेली इलेक्ट्रोनिक्स ब्रान्ड थमसनले भारतमा स्थानीय स्तरमा नै आफ्नो ल्यापटप निर्माण गर्ने भएको छ। भारतको केन्द्र सरकारले सन् २०२० मा सुरु गरेको पीएलआई योजनाअन्तरगत कम्पनीले ल्यापटप बनाउन लागेको हो।

भारतीय मिडिया रिपोर्टहरुकाअनुसार आईटी हार्डवेयरको लागि सरकारले स्वीकृत गरेको लाभार्थी, नोएडामा आधारित सहस्रा समूहले भर्खरै फ्रान्सेली इलेक्ट्रोनिक्स ब्रान्ड थमसनको लागि ल्यापटप बनाउन आफ्नो पहिलो अर्डर बुक गरेको छ। थमसनका लागि कम्पनीले भारतमै पकेटमैत्री प्रवेश स्तरको ल्यापटप बनाउने छ।

इकोनोमिक टाइम्सको रिपोर्टअनुसार थमसनले भारतमा इन्ट्रि लेभल क्षेत्रलाई लक्षित गर्दैछ। कम्पनीका ग्लोबल महाप्रबन्धक पियरे क्रासनोस्कीले विन्डोज ११ मा चल्ने ल्यापटप भारु १९,९९० भन्दा कम मूल्यमा ल्याउने योजना रहेको बताए।

थमसनका ल्यापटपहरू अर्को वर्षदेखि प्रमुख ई-कमर्स वेबसाइटहरूबाट किन्न सकिने बताईएको छ। कम्पनीले उत्तर प्रदेश र केही अन्य राज्य सरकारहरूका प्राथमिक विद्यालयहरूसँग प्रमाण-अवधारणा पनि सञ्चालन गरेको छ। थमसनले शैक्षिक उद्देश्यका लागि ल्यापटपहरू प्रदान गर्नेछ। रिपोर्टमा भनिएको छ कि उत्पादनहरू सार्वजनिक खरिदका लागि सरकारी ई-मार्केटप्लेस पोर्टलमा पनि सूचीबद्ध गरिनेछ।

थमसनका लागि ल्यापटप उत्पादन गर्ने भारतीय कम्पनी सहस्रा ग्रुपका प्रमुख कार्यकारी अधिकृत वरुण मनवानीले योजनाको योग्यता मापदण्ड पूरा गर्न पहिलो वर्ष १ लाख युनिट उत्पादन गर्ने लक्ष्य राखेको बताए।

सहस्राले आगामी ६ वर्षमा २५० करोड रुपैयाँ पुँजी लगानी गर्ने योजना बनाएको छ। निर्माताले भिवाडी, यूपीमा नयाँ निर्माण प्लान्ट बनाउन ५० करोड रुपैयाँ खर्च गरिसकेको बताईएको छ।

प्रकाशित: १३ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया