सफ्टवेरिका कलेजले ‘बीएस्सी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ पढाउने

Technology Khabar १२ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ। कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बीएस्सी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो।

तीन वर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुनेछ। कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ। जसले गर्दा कार्यक्रममा भर्ना हुने विद्यार्थीले अहिले चर्चामा रहेको एआईको क्षेत्रमा विज्ञता हासिल गर्न सक्ने छन् ।

शैक्षिक कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेलले भने, “विद्यार्थीले एआई, मसिन लर्निङ, प्यारारल प्रोग्रामिङ र डाटा विज्ञान कसरी जोडिएका छन् र तिनीहरूले कम्प्युटर विज्ञानलाई कसरी परिवर्तन गर्दैछन् भन्ने विषय पढ्ने छन्। समग्रमा कम्प्युटर विज्ञानसँगै एआईमा विज्ञता हासिल गराउने शैक्षिक कार्यक्रम हो यो।”

यसका लागि कार्यक्रममा प्रोग्रामिङ एन्ड एल्गोरिदम, सफ्टवेयर डिजाइन, कम्प्युटर आर्किटेक्चर एन्ड नेटवर्क, क्रियटिभ थिङ्किङ फोर बिजिनेस, इन्ड्रोडक्सन टू आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवेयर इन्जिनियरिङ, एड्भान्स एल्गोरिदम, अपरेटिङ सिस्टम एन्ड सेक्युरिटी, मसिन लर्निङ एन्ड रिलेटेड एप्लिकेशन, डिजाइन थिङ्किङ एन्ड इनोभेसन लगायतका विषय राखिएका छन्।

कलेजका अनुसार यी विषयहरू लेक्चर, सेमिनार, प्रयोगशाला, कार्यशाला, अनलाइन, समूह जस्ता विभिन्न विधि तथा माध्यमबाट पठनपाठन हुने छ।

यस कार्यक्रममा भर्ना हुन कक्षा ११/१२ मा न्यूनतम २.० जीपीए अथवा ए लेभलमा भए ३.५ क्रेडिट ल्याएको हुनुपर्ने छ। वर्षमा स्प्रिङ र अटम गरी दुई इन्टेकमा भर्ना खुला हुने यो कार्यक्रममा विज्ञान, व्यवस्थापन वा मानविकी समूहका विद्यार्थी भर्ना हुनसक्ने जनाएको छ।

कार्यक्रम अध्ययन पछि विद्यार्थीहरूले एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, सफ्टवेयर इन्जिनियर, सिस्टम आर्किटेक्ट, एआई रिसर्चर, प्रोजेक्ट म्यानेजर, डाटा इन्जिनियर आदि बन्न सक्ने कलेजले उल्लेख गरेको छ।

कलेजले यो कार्यक्रमको शुल्क १२ लाख ३१ हजार रुपैयाँ तोकेको जानकारी दिएको छ।

प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया