Technology Khabar १२ मंसिर २०८०, मंगलवार
काठमाडौं ।
स्वीडेनको एक अदालतले सोमबार देशको यातायात प्राधिकरणलाई टेस्लालाई लाइसेन्स प्लेट पाउन बाटो खुल्ला गर्नु पर्ने आदेश दिएको छ। हुलाक कर्मचारीहरूको आन्दोलनका कारण टेस्लाको लाइसेन्स प्लेट अवरुद्ध भएको थियो।
यो निर्णय अमेरिकी इलेक्ट्रिक कार निर्माताले एजेन्सी र राज्य सञ्चालित पोस्टनर्डलाई मुद्दा हालेको केही घण्टा पछि आएको हो। हुलाक कर्मचारीहरूले टेस्लाको नयाँ कारहरूको लागि प्लेटहरू वितरण गर्न रोकेका थिए।
२० नोभेम्बरमा पोस्टनोर्ड कर्मचारी औद्योगिक कारबाहीमा समावेश भएका थिए। जसको उद्देश्य टेस्लाको स्वीडेनमा मेकानिकहरुका लागि सामूहिक सौदाबाजी सम्झौतामा हस्तारक्षर गर्नका लागि बाध्य पार्नु थियो। पोस्टनोर्ड प्रयोग गर्न सम्झौता बाध्यकारी भएको भन्दै यातायात एजेन्सीले अन्य माध्यमबाट प्लेटहरु वितरण गर्न अस्वीकार गरेको थियो।
यद्यपि, नोर्कोपिङ जिल्ला अदालतले एजेन्सीले टेस्लालाई सात दिनभित्र प्लेटहरू उपलब्ध गराउन वा १० लाख स्विडेनी क्राउन (९५ हजार अमेरिकी डलर) जरिवाना तिर्नुपर्ने आदेश दिएको छ।
टेस्लाका वकिल जोहानेस एरिक्सनले अफ्टनब्लाडेटलाई भने, ‘यो सही हो टेस्लाको दाबीलाई समर्थन गर्दै निर्णय लिइएको छ।’
यो निर्णय टेस्ला र स्वीडेनमा श्रमिक समूहहरूबीचको लडाईले नयाँ मोड लिएको छ।
युनियन आईएफ मेटलले २७ अक्टोबरदेखि मेकानिकहरू हडतालमा राख्र्दै कम्पनीले सामूहिक बार्गेनिङ स्वीकार नगर्ने भन्दै टेस्लाका कारहरू सेवा गर्न अस्वीकार गर्दै आएका थिए।
प्रकाशित: १२ मंसिर २०८०, मंगलवार