रियलमीद्वारा पाँच वर्षमा २० करोड युनिट स्मार्टफोन ढुवानी

  • Technology Khabar | १२ मंसिर २०८०, मंगलवार
रियलमीद्वारा पाँच वर्षमा २० करोड युनिट स्मार्टफोन ढुवानी

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले पाँच वर्षमा २०० मिलियन अर्थात २० करोड फोनहरु बजारमा ढुवानी गरेको छ। ओप्पोले रियलमी १ स्मार्टफोन लन्च गरेसँगै सन् २०१८ को मे महिनादेखि रियलमीको यात्रा सुरु भएको थियो। त्यसपछि, ब्रान्डले स्मार्टफोन बजारमा आफ्नै अर्ध–स्वतन्त्र तरिकामा आफ्नो जीवन जारी राख्दै एक प्रमुख कोशेढुङ्गा पुरा गरेको हो।

‘रियलमीको मात्र पाँच वर्ष भित्रनै सिपमेन्टस (ढुवानी) २०० मिलियन पुगेको छ’ रियलमीका संस्थापक स्काई लीले घोषणा गरे। पहिलो पाँच वर्षको बिक्रीको तुलनात्मक रूपमा भएको ढिलाइलाई ध्यानमा राख्दै यो प्रति वर्ष ४० मिलियन भन्दा बढी भएको बताईएको छ।

रियलमी फ्यानहरू माझ आफ्नो किफायती डिभाइसहरूका लागि लोकप्रिय रहेको छ। अहिले बजारमा सबैभन्दा मन पराइएको डिभाइसहरू मध्ये रियलमी ११ प्रो भएको जनाइएको छ साथै युनिक डिजाइन, स्क्रिन र सुपर फास्ट चार्जिङ सहितको रियलमी ११ प्रो मूल्य ३०० यूरो भन्दा मुनि रहेको उल्लेख छ।

पछिल्लो ११ प्रो लाइनअप सबैभन्दा लोकप्रिय नम्बर सिरिज (संख्या श्रृंखला)मा ग्राहकहरूले सधैं प्रो सलुसनलाई नै प्राथमिकता दिने गरेका छन्।

कम्पनीले शक्तिशाली फ्ल्यागशिपहरू पनि लन्च गर्दैछ भने आगामी जीटी५ प्रो ले स्न्यापड्रागन ८ जेन ३ चिपसेट र पेरिस्कोप टेलिफोटो लेन्स पछाडिको ५० मेगापिक्सेलको सोनी आईएमएक्स८९० सेन्सरको साथमा “लो–लाइट टेलिफोटो इमेजरीको नयाँ युग” को प्रतिज्ञा गर्दै प्रशंसकहरूलाई आकर्षित गर्ने आशा गरिएको छ।

प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १२ मंसिर २०८०, मंगलवार