वनप्लस १२ स्मार्टफोन डिसेम्बर ५ मा आउने आधिकारिक घोषणा

  • Technology Khabar | १२ मंसिर २०८०, मंगलवार
वनप्लस १२ स्मार्टफोन डिसेम्बर ५ मा आउने आधिकारिक घोषणा

काठमाडौं ।

वनप्लसले आधिकारिक रूपमा ‘वनप्लस १२’ स्मार्टफोनको लागि आगामी डिसेम्बर ५ तारिखमा कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। चीनका वनप्लसका अध्यक्ष ली जेईले वनप्लस १२ लाई ‘दशकको फ्ल्यागशिप’ को रूपमा उल्लेख गरेका छन्।

साथै उनले वनप्लसका आगामी फ्ल्यागशिपले रअ पावरको सन्दर्भमा बजारका अन्य सबै स्न्यापड्रागन ८ जेन ३ संचालित फोनहरूलाई हराउने दाबी गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

एक्सक्लुसिभ (विशेष) हार्डवेयर र ट्युनिङ भएको रेड म्याजिक ९ प्रो जस्ता गेमिङ बिस्टको तुलनामा सोच्दा यो दाबीले थट–प्रोभोकिङ्ग हुने जनाइएको छ।

लन्च कार्यक्रमको घोषणा पश्चात ली जेईले उत्पादनको बारेमा आफ्नो मिश्रित भावनाहरूको बारेमा कुरा गरेका छन्। उनले वनप्लस १२ लाई आफ्नो समयका अन्य सबै फ्ल्यागशिपहरूलाई दक्षताको  साथ हराउने टोलीको उच्च महत्वाकांक्षी लक्ष्यलाई उल्लेख गरे।

वनप्लसको यस फोनमा स्न्यापड्रागन ८ जेन ३ चिप समावेश गरिएको छ भने आगामी वनप्लस फ्ल्यागशिपमा नयाँ पर्फमेन्स रेकर्ड कायम गरेको टोलीले बताएको उल्लेख छ। फोनमा विश्वस्तरीय “२के ओरिएन्टल स्क्रिन” पनि रहेको जनाइएको छ।

त्यसैगरी फोनमा यस अघि उद्योगमा ‘पहिले कहिल्यै नदेखेको’ डिस्प्ले समावेश गरिएको र यस डिस्प्लेले आई केयर सलुसन (आँखा हेरचाह समाधान) ल्याउने रिपोर्ट गरिएको छ।

क्यामराहरुको सन्दर्भमा, ब्रान्डले सधैं जस्तै ह्यासलब्लाडसँग सहकार्य गरेको छ। फोनको मुख्य क्यामरा भित्र सोनी एलवाईटी–८०८ इमेज सेन्सर राखिएको छ। साथै यो हास्सेलब्लाडले लागू गरेको “नयाँ पुस्ताको सुपर लाइट एण्ड स्याडो इमेजिङ सिस्टम” को साथ आउने उल्लेख गरिएको छ।

प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...