टिकटकको मूल कम्पनी बाइटडान्सको गेमिङ डिभिजनमा ठूलो संख्यामा कटौती

Technology Khabar १२ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

टिकटकको मूल कम्पनी बाइटडान्सले आफ्नो गेमिङ डिभिजनमा सामूहिक कटौती सुरु गरेको छ, जसका कारण ‘नुभर्स’ का कर्मचारीहरूबीच आन्दोलन चर्किएको छ।

टेकक्रन्चकाअनुसार,नुभर्सको गेमिङ डिभिजनले दुई वर्षको कमजोर प्रदर्शन पछि आफ्नो सञ्चालनलाई उल्लेखनीय रूपमा कम गर्दैछ।

“हामी नियमित रूपमा व्यापारको समीक्षा गर्छौं र दीर्घकालीन रणनीतिक वृद्धि क्षेत्रहरूमा ध्यान केन्द्रित गर्छौं,” बाइटडान्सका प्रवक्ताले भने, “भर्खरैको समीक्षा पछि, हामीले हाम्रो गेमिङ व्यवसायको पुनर्संरचना गर्ने कठिन निर्णय लिएका छौं।”

२०२१ मा नुवर्समा करिब ३,००० मानिस थिए र कर्मचारी संख्या विगत केही वर्षहरूमा उही स्तरमा रह्यो।

बाइटडान्सले ४ बिलियन डलरको सम्झौतामा शंघाई-गेमिङ स्टुडियो मुनटन टेक्नोलोजी अधिग्रहण गरेको थियो।

यो जुलाई २०१६ मा रिलिज भएको मोबाइल मल्टिप्लेयर अनलाइन ब्याटल एरेना (एमओबीए) गेम मोबाइल लेजेन्ड्स: ब्याङ्ग ब्याङ्ग, का लागि परिचित छ।

बाइटडान्सले मुन्टन बेच्न विकल्पहरू खोजिरहेको छ भन्ने रिपोर्टहरू पनि बाहिर आएका छन्।

रिपोर्टहरू अनुसार, बाइटडान्सले विकास अन्तर्गत गेमिङ परियोजनाहरू बन्द गर्नेछ र सम्भावित रूपमा नूभर्समा अवस्थित गेमिङ शीर्षकहरू बेच्नेछ।

युएस स्टुडियो सेकेन्ड डिनरद्वारा विकसित गरिएको अनलाइन कार्ड गेम “मार्वल स्न्याप” नूभर्सको उत्कृष्ट गेम हो।

अन्य टाइटलहरुमा वन पीस: द वायज” र “क्रिस्टल अफ एटल्याण्ड” हुन्।

प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया