चार महिनामै भित्रिए करिब साढे ३ अर्ब मूल्यको ल्यापटप तथा नोटबुक

Technology Khabar ११ मंसिर २०८०, सोमबार

काठमाडौं ।

नेपालमा ल्यापटप तथा नोटबुक आयात बढेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा ल्यापटप तथा नोटबुकको आयात बढेको देखिएको हो।

चालु आवको कार्तिक मसान्तसम्म २ अर्ब ४२ करोड १६ लाख ८१ हजार रुपैयाँ बराबरको ३६ हजार ८९६ यूनिट ल्यापटप तथा नोटबुक आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ११ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको ३१ हजार ४१० यूनिट ल्यापटप तथा नोटबुक आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा ल्यापटप तथा नोटबुकको आयात ३० करोड ९३ लाख ५८ हजार रुपैयाँ अर्थात १४.६४ प्रतिशतले बढेको छ।

गत आवको सोही अवधिको तुलनामा ल्यापटप तथा नोटबुकको आयात ५ हजार ४८६ यूनिटले बढेको छ।

ल्यापटप तथा नोटबुकको आयातबाट सरकारले ३२ करोड ८२ लाख ३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा २७ ओटा मुलुकबाट ल्यापटप तथा नोटबुक आयात हुने गरेको छ।

नेपालमा सबैभन्दा धेरै ल्यापटप तथा नोटबुक चीनबाट आउने गरेको छ। चीनबाट २ अर्ब ३० करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको ३५ हजार ९९ यूनिट ल्यापट तथा र नोटबुक आयात भएको छ।

मलेसियाबाट ४ करोड ७१ लाख १८ हजार रुपैयाँ बराबरको ८२८ यूनिट ल्यापटप तथा नोटबुक आयात भएको छ।

अमेरिकाबाट १ करोड ५४ लाख ७९ हजार रुपैयाँ बराबरको १६० यूनिट ल्यापटप तथा नोटबुक आयात भएको छ।

प्रकाशित: ११ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया