Technology Khabar ११ मंसिर २०८०, सोमबार
काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा ११ करोड रुपैयाँभन्दा बढीको सिमकार्ड आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार ११ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको २८ लाख ५० हजार ४८ यूनिट सिमकार्ड आयात भएको हो।
सिमकार्डको आयातबाट सरकारले २ करोड ७४ लाख ४४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चीन, हङकङ, मलेसिया, मेक्सिको, यूएई र बेलायतबाट सिमकार्ड आउने गरेको छ।
सबैभन्दा धेरै सिमकार्ड चीनबाट आउने गरेको छ। चीनबाट ११ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको २८ लाख १ हजार यूनिट सिमकार्ड आयात भएको छ।
मेक्सिकोबाट ३ लाख ४८ हजार रुपैयाँ बराबरको ४० हजार यूनिट सिमकार्ड आएको छ।
बेलायतबाट एक लाख २५ हजार रुपैयाँ बराबरको ९ हजार यूनिट सिमकार्ड आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
प्रकाशित: ११ मंसिर २०८०, सोमबार