एप्पल वाच अल्ट्रा डार्क सेरामिक ब्याक प्रोटोटाइपको साथ देखियो

  • Technology Khabar | ११ मंसिर २०८०, सोमबार
एप्पल वाच अल्ट्रा डार्क सेरामिक ब्याक प्रोटोटाइपको साथ देखियो

काठमाडौं ।

युनाइटेड स्टेट्स फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) मा दायर कागजातहरूकाअनुसार एप्पलले कथित रूपमा एप्पल वाच अल्ट्राको लागि डार्क सेरामिक ब्याक डिजाइन प्रयोग गरेको देखिएको छ।

एक्स/ट्विटर मा प्यारोटएसडब्ल्यूडी (@ParrotSWD) ले फेला परेको कागजातहरूले एप्पलले हालको टाइटानियम फिनिश चयन गर्नु अघि स्मार्टवाचको लागि भनेर सुरुमा डार्कर कलर अप्सन (गाढा रङको विकल्प) विचार गरेको हुन सक्ने सुझाव दिएका छन्।

सन् २०२२ को सेप्टेम्बरमा रिलिज हुनु अघि एप्पल वाच अल्ट्राको लागि एप्पलको एप्लिकेसनको अंश रहेको एफसीसी डकुमेन्टसमा डार्क सेरामिक ब्याक सहितको प्रोटोटाइपका तस्बिहरू समावेश रहेको र यो एप्पल वाच सिरिज मोडलहरूमा फेला परेको सेरामिक ब्याकसँग मिल्दोजुल्दो भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रोटोटाइपमा इन्डेन्ट नभएको प्लाष्टिक जस्तो देखिने एक्शन बटन पनि रहेको र यो एप्पल वाच अल्ट्राको अन्तिम रिलिज भन्दा फरक डिजाइन एलिमेन्ट भएको जनाइएको छ।

एप्पल वाच अल्ट्राको लागी एफसीसी फाइलिङसंग सम्बन्धित गोपनीयता खण्ड हालै समाप्त भएको सम्भव हुनसक्ने म्याकरुमर्सले जनाएको छ। साथै डार्क सेरामिक प्रोटोटाइपको तस्बिरहरुलाई सतहमा आउनका लागि अनुमति दिएको थप उल्लेख छ।

हाल एप्पलले २०२३ को सेप्टेम्बरमा रिलिज भएको एप्पल वाच अल्ट्रा २ लाई पहिलो पुस्ताको मोडल जस्तै प्राकृतिक टाइटेनियम रङमा प्रदान गरिरहेको छ। एप्पल वाच अल्ट्रा २ रिलिज हुनु अघि एप्पलले गाढा रङ्गको विकल्प प्रस्तुत गर्न सक्ने बताईएको थियो।

प्रकाशित: ११ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार