एक्सले यस वर्षको अन्तयसम्म विज्ञापन राजश्व ७५ मिलियन डलरले गुमाउन सक्ने

  • Technology Khabar | ११ मंसिर २०८०, सोमबार
एक्सले यस वर्षको अन्तयसम्म विज्ञापन राजश्व ७५ मिलियन डलरले गुमाउन सक्ने

काठमाडौं ।

इलन मस्कको स्वामित्वमा रहेको सोशल मिडिया कम्पनी एक्सले वर्षको अन्त्यसम्ममा विज्ञापन राजश्व ७५ मिलियन अमेरिकी डलरसम्म गुमाउन सक्ने बताइएको छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार दर्जनौं ठूला ब्रान्डहरूले एक्समा आफ्नो मार्केटिङ अभियान रोकेका छन्। जसको प्रभाव स्वरुप एक्सले ठूलो मात्रमा विज्ञापन राजश्व गुमाउँदैछ।

मस्कले गत हप्ता प्लेटफर्ममा एन्टिसेमिटिक (यहूदी विरोधी) पोस्टलाई समर्थन गरेकाले वाल्ट डिज्नी र वार्नर ब्रोस डिस्कवरी लगायत धेरै कम्पनीहरूले एक्समा विज्ञापन रोकेका छन्।

एक्सले प्रतिक्रिया दिँदै मिडिया वाचडग समूह मिडिया माटर्समाथि मुद्दा दायर गरेको छ। संगठनले एक रिपोर्टको साथ प्लेटफर्मलाई बदनाम गरेको आरोप लगाइएको छ। जसमा भनिएको छ कि एप्पल र ओरेकल लगायतका प्रमुख ब्रान्डहरूका विज्ञापनहरू एडोल्फ हिटलर र नाजी पार्टीको प्रचार गर्ने पोष्टहरूको छेउमा देखा परेका थिए।

न्यूयोर्क टाइम्सले यस हप्ता हेरेको आन्तरिक कागजातमा एयरबीएनबी, अमेजन, कोका–कोला र माइक्रोसफ्ट लगायत कम्पनीहरूको २०० भन्दा बढी विज्ञापन यूनिट सूचीबद्ध छ। जसमध्ये धेरैले सामाजिक सञ्जालमा आफ्ना विज्ञापनहरू रोक्न वा पज गर्ने विचार गरिरहेका छन्, रिपोर्टमा भनिएको छ।

रिपोर्टका अनुसार, एक्सले शुक्रबार भनेको छ कि ११ बिलियन अमेरिकी डलरको राजश्व जोखिममा थियो र सही संख्यामा उतारचढाव भयो किनकी केहि विज्ञापनदाताहरू प्लेटफर्ममा फर्किए र अन्यले खर्च बढाएका छन्।

नागरिक अधिकार समूहहरूका अनुसार अक्टोबर २०२२ मा मस्कले ट्विटर किनेको र सामग्री मोडरेशन कम गरेपछि विज्ञापनदाताहरू एक्सबाट निस्केका छन्। जसको परिणामस्वरूप साइटमा घृणायुक्त भाषणमा तीव्र वृद्धि भएको छ।

प्लेटफर्मको अमेरिकी विज्ञापन राजश्व मस्कको अधिग्रहण पछि प्रत्येक महिना कम्तिमा ५५ प्रतिशत बार्षिक रुपमा घटेको यस अघि रोयटर्सले रिपोर्ट गरेको थियो।

प्रकाशित: ११ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...