चीनको सपिङ फेस्टिभलमा ह्वावे र शाओमी स्मार्टफोनले उछिन्यो एप्पल आईफोनको बिकी

  • Technology Khabar | १० मंसिर २०८०, आईतवार
चीनको सपिङ फेस्टिभलमा ह्वावे र शाओमी स्मार्टफोनले उछिन्यो एप्पल आईफोनको बिकी

काठमाडौं ।

ह्वावे र शाओमी स्मार्टफोनहरू चीनको होलिडे सेल्स (छुट्टीको बिक्री अवधि) मा व्यापकरुपमा हिट भएको र बजारमा एप्पलका आईफोनहरूलाई पनि उछिनेका छन्। नोभेम्बर ११ मा मनाइने चीनको ‘सिङ्गल्स डे’ सेल (बिक्री) ले ठूला डिलहरू ल्याएको र स्थानीय ब्रान्डहरूले सबैभन्दा धेरै सफलता पाएको देखिएको छ।

चीनमा ह्वावे र शाओमीले एप्पललाई पछाडि पार्न सफल

काउन्टरपोइन्ट रिसर्च रिपोर्टका अनुसार चिनियाँ टेक जायन्टहरूले कुपर्टिनो आधारित कम्पनी र यसको पछिल्लो आईफोन १५ लाई बिक्रीमा पछाडि पार्न सफल भएका छन्। ११.११ सपिङ्ग अवधिमा घरेलु ब्रान्डका स्मार्टफोनहरूले उच्च बिक्री देखेको उल्लेख छ।

साथै रिपोर्टले अक्टोबर ३० देखि नोभेम्बर १२ सम्मको दुई हप्ताको अवधिमा आइफोनको बिक्री ४ प्रतिशतले घटेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

अर्कोतर्फ, ह्वावेको ‘सिङ्गल्स डे’ सेल्स वार्षिक आधारमा ६६ प्रतिशतले बढेको छ। कम्पनीको पछिल्लो फ्ल्यागशिप फाईभजी सिरिज (मेट ६० लाइनअप) ले बिक्रीमा उल्लेखनीय उछालको नेतृत्व गरेको उल्लेख छ। त्यस्तै, शाओमीले पनि सोही अवधिमा उल्लेखनीय २८ प्रतिशत बम्प रेकर्ड गरेको उल्लेख छ।

चाखलाग्दो कुरा के रहेका छ भने, उक्त दुई स्वदेशी कम्पनीको बिक्रीमा भएको उछालले ‘सिङ्गल्स डे’ सेल्सको अवधिमा स्थानीय बजारको स्मार्टफोन बिक्रीमा वार्षिक ५ प्रतिशतले वृद्धि गर्न योगदान गरेको छ।

मूल्य निर्धारणको तुलना गर्नुपर्दा, ह्वावे मेट ६० सिरिजको प्रारम्भिक मूल्य ५,४९९ युआन (लगभग ७७५ अमेरिकी डलर) रहेको छ भने शाओमी १४ लाइनअप ३,९९९ युआन (लगभग ५६३ अमेरिकी डलर) बाट सुरु हुन्छ।

त्यसैगरी, एप्पल आईफोनको मूल्य ५,९९९ युआन (लगभग ८४५ अमेरिकी डलर) रहेको उल्लेख छ। त्यसका साथै शाओमीले सपिङ फेस्टिभलमा आफ्नो बिक्रीको तथ्याङ्क पनि साझा गरेको र २२ अर्ब युआन (झन्डै ३ अर्ब अमेरिकी डलर) कमाएको दाबी गरेको छ।

प्रकाशित: १० मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...