धनगढीका वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु

  • Technology Khabar | १० मंसिर २०८०, आईतवार
धनगढीका वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु

काठमाडौं ।

धनगढीका वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ। जिआइजेटको सहयोगमा धनगढीका उपमहानगरपालका वडा नम्बर ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो।

एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूर्ण सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्नसक्ने जिआइजेटका जीवन श्रेष्ठले बताए।

उनले पालिकाले कुनैपनि समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका बारेमा एकीकृत रूपमा जानकारी पाइने बताए।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताए। उपमहानगरबाट प्रवाह हुने सेवाका बारेमा सेवाग्राहीले घरबाटै जानकारी लिन सक्ने व्यवस्था गर्न लागेको हो।

उपप्रमुख रानाले पालिकाबाट पाउने सेवासुविधाका बारेका जानकारी, पालिका र वडाबाट जारी गरिने सूचना र सेवा ग्राहीले सेवाका बारेमा गुनासो गर्नसक्ने गरी प्रविधिको विकास गर्न लागि परेको समेत बताए।

प्रकाशित: १० मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...