कार्तिकसम्म साढे १० करोडको स्मार्टवाच आयात

  • Technology Khabar | ९ मंसिर २०८०, शनिबार
कार्तिकसम्म साढे १० करोडको स्मार्टवाच आयात

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको भन्सार विभागले सार्वजनिक गरेको चालुआर्थिक वर्ष २०८०÷८१ को कार्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा स्मार्टवाचको आयात घटेको देखिएको हो।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म १० करोड ५७ लाख ८४ हजार रुपैयाँ बराबरको ९९ हजार ४१६ यूनिट स्मार्टवाच आयात भएको छ।

गत आर्थिक वर्ष २०७९÷८० को कार्तिक मसान्तमा १९ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख २१ हजार ६२४ यूनिट स्मार्टवाच आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टवाचको आयात आधाभन्दा बढीले घटेको छ। गत आवको कार्तिकको तुलनामा चालु आवको कार्तिकमा स्मार्टवाचको आयात ९ करोड २ लाख १६ हजार रुपैयाँ अर्थात ५३.९७ प्रतिशतले घटेको छ।

यस्तै स्मार्टवाटको आयात २२ हजार २०८ यूनिटले घटेको छ।

स्मार्टवाचको आयातबाट सरकारले ३ करोड ३२ लाख ८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा २५ ओटा मुलुकबाट स्मार्टवाच आउने गरेको देखिन्छ।

नेपालमा सबैभन्द बढी स्मार्टवाच चीनबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ। चीनबाट ८ करोड ८१ लाख ७५ हजार रुपैयाँ बराबरको ९६ हजार १५७ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट ६० लाख ३८ हजार रुपैयाँ बराबरको २ हजार ५९३ यूनिट स्मार्टवाच आयात भएको छ।

भियतनाबाट ८७ लाख ६१ हजार रुपैयाँ बराबरको २५० यूनिट स्मार्टवाच आयात भएको छ।

प्रकाशित: ९ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार