इन्स्टाग्रामको पब्लिक रिल्स अब सबैले डाउनलोड गर्न सक्ने

Technology Khabar ८ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

इन्स्टाग्रामले जुन महिनमा सार्वजनिक रूपमा हेर्न सकिने रिल्स डाउनलोड गर्ने क्षमता सुरु गरेको थियो। यद्यपी इन्स्टाग्रामले यस फिचरको उपलब्धता अमेरिकी प्रयोगकर्ताहरूको मोबाइलमा सीमित गरेको थियो।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमार्फत अब यो सुविधा विश्वभरका सबै प्रयोगकर्ताहरूका लागि रोल आउट भएको घोषणा गरेका छन्। एपमा रहेका जो कोहीले अब सार्वजनिक रील्स आफ्नो डिभाइसहरूमा डाउनलोड गर्न सक्नुका साथै तिनीहरूलाई पछि हेर्नको लागि भनेर सेभ पनि गर्न सक्ने उल्लेख छ। यसको लागि प्रयोगकर्ताहरूले केवल सेयर बटनमा ट्याप गरेर त्यहाँबाट डाउनलोड सुरु गर्न सक्ने छन्।

टेकक्रन्चले रिपोर्ट गरेअनुसार, मोसेरीले आफ्नो प्रसारणको क्रममा डाउनलोड गरिएका रिल्समा टिकटकमा डाउनलोड गरिएका भिडियोहरूमा जस्तै खाताको प्रयोगकर्ता नामको साथ इन्स्टाग्राम वाटरमार्क हुनेछन्।

त्यसैगरी रिल्स मौलिक ट्र्याकहरूका साथ स्कोर गरिएको खण्डमा मात्र रिल्स संगीतको साथ आउने जनाइएको छ। साथै तिनीहरूमा इजाजतपत्र प्राप्त संगीतलाई पृष्ठभूमिको रूपमा प्रयोग गरिएको खण्डमा भने इन्स्टाग्रामले तिनीहरूको अडियो हटाउनेछ।

टिकटकले सिर्जनाकर्ताहरू (र रिपोस्टर्स) लाई सजिलो तरिकाले प्लेटफर्महरूमा क्लिपहरू साझेदारी गर्न दिने भएकाले टिकटकको भिडियो डाउनलोड गर्ने सुविधाले थप प्रयोगकर्ताहरूलाई एपमा आकर्षित गर्न मद्दत गरेको छ। टिकटक नभएका व्यक्तिहरूले आफूले पछ्याउन चाहेका सिर्जनाकर्ताहरू फेला पारेको खण्डमा वा समान प्रकारका सामग्रीहरू हेर्न चाहेको अवस्थामा भने साइन अप गर्ने निर्णय गर्नसक्ने छन्।

यद्यपि प्रयोगकर्ताहरूले आफ्नो रिल्स डाउनलोड हुनबाट रोक्न सक्ने क्षमतासँगै इन्स्टाग्रामले पनि टिकटकको रणनीतिलाई नक्कल गर्न खोजिरहेको हुन सक्ने जनाइएको छ।

डाउनलोड विकल्पहरू परिवर्तन गर्नका लागि सेटिङ्गसको प्राईभेसी (गोपनीयता) अन्तर्गत रिल्स र रिमिक्समा जानुपर्ने र “व्यक्तिहरूलाई तपाइँको रिलहरू डाउनलोड गर्न अनुमति दिनुहोस” लाई टगल गर्नुपर्ने छ।

प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया