Technology Khabar ८ मंसिर २०८०, शुक्रबार
काठमाडौं ।
एप्पलले आफ्नो भविष्यका आईफोनहरूमा कुनै पनि प्रकारको फिङ्गरप्रिन्ट स्क्यानर राख्ने सम्भावना नभएको एक रिपोर्टले दाबी गरेको छ।
चिनियाँ रिपोर्टअनुसार, एप्पलले विगतमा टच आईडी उत्पादन र सक्षम गर्नका लागि प्रयोग गर्ने गरेको डिभाइसहरू बन्द गरेको छ भने अन्तिम टच आईडी कम्पोनेन्टहरू तेस्रो–जेन आईफोन एसई (२०२२) मा प्रयोग गरिएको जीएसएमएरिनामा उल्लेख छ।
प्राय जसो एन्ड्रोइड निर्माताहरूले अन्डर–डिस्प्ले टच आईडी सेन्सर विकास गरे जस्तो एप्पलले भने त्यसको सट्टा चौथो पुस्ताको आईफोन एसईको लागि बोर्डमा फेस आईडी सहित फुल–स्क्रिन डिजाइन अपनाउने अपेक्षा गरिएको छ।
वर्षौंदेखि एप्पलले आईफोनहरूमा टच आईडी फिर्ता ल्याउने चर्चामा रहँदै आएको छ। साथै फिङ्गरप्रिन्ट टेक्नोलोजी बारेमा पछिल्लो रिपोर्ट आएको पनि केही समय भइसकेको उल्लेख छ।
एप्पलले अन्डर–डिस्प्ले फेस आईडी सलुसनमा काम गरिरहेको अफवाह रहतापनि यस विषयमा कुनै ठोस रिपोर्ट भने उपलब्ध नभएको उल्लेख गरिएको छ।
प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार