
काठमाडौं ।
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। सामाजिक सञ्जालमा नाबालिकाको तस्बिर दुरुपयोग गरी फेक आईडी बनाई पीडित नाबालिकाको आफन्त तथा साथीहरुलाई तस्बिर पठाई अश्लिल कमेन्ट सहित चरित्रहत्या गरेको आरोपमा १८ वर्षिय अनिष भट्टराई पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भट्टराई संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर १० घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोल बस्दै आइरहेका थिए।
उनलाई विद्युतीय कारोबार अन्तर्गतको कसूरमा मंसिर ५ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशमा ६ दिनको म्याद थप भई अनुसन्धान भइरहेको नेपाल प्रहरी साइबर ब्यूरोका उप–निर्देशक तथा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्।
प्रकाशित: ७ मंसिर २०८०, बिहीबार