ताप्लेजुङमा आइटी एकेडेमी स्थापना

Technology Khabar ७ मंसिर २०८०, बिहीबार

ताप्लेजुङमा आइटी एकेडेमी स्थापना
मुख्य लगानीकर्ता डेनमार्कका वाल्डेमार स्मिथ भवनको उद्घाटन गर्दै

काठमाडौं ।

समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ।

ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र दाताको आर्थिक सहयोगमा सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालय परिसरमा आइटी एकेडेमीको स्थापना गरिएको हो ।

आइटी एकेडेमीको भवन निर्माण सम्पन्न भएसँगै सूचना प्रविधिसम्बन्धी प्रशिक्षण प्रारम्भ भएको छ । मुख्य लगानीकर्ता डेनमार्कका वाल्डेमार स्मिथले भवनको उद्घाटन सँगै समुदायलाई हस्तान्तरण गरे।

आइटी एकेडेमी स्थापनामा रु पाँच करोड ६९ लाख ५१ हजार तीन सय ६२ लगानी भएको छ । भानुजन माध्यामिक विद्यालयले करिब रु एक करोड १० लाख लगानी गरेको छ।

उद्घाटन कार्यक्रममा वाल्डेमार स्मिथले आइटी एकेडेमीले रोजगारलगायतका अवसर सृजना हुनुका साथै समृद्ध समाज निर्माणमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। उनले लगानीका लागि अन्य दातासँगसमेत समन्वय गरेका थिए।

हाल उक्त एकेडेमीमा ग्राफिक्स डिजाइन र डिजिटल मार्केटिङका कक्षा सञ्चालनमा छन् भने भविष्यमा अन्य आइटीसम्बन्धी कोर्षसमेत सञ्चालनमा ल्याउने तयारी भएको एकेडेमीका प्रमुख वसन्त पालुवाले बताए। रासस

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया