
काठमाडौं ।
कोरियाली मिडिया द इलेकको रिपोर्ट अनुसार सामसङ डिस्प्लेले ओएलईडी टेक्नोलोजीमा उल्लेखनीय प्रगति गरिरहेको छ। साथै सामसङ डिस्प्लेले विशेष गरी ब्लू फस्फोरेसेन्ट ओएलईडी (पीएचओएलईडी) कम्पोनेन्टहरूको विकासमा प्रगति गरिरहेको छ।
हाल, डिस्प्लेमा रातो र हरियो ओएलईडी कम्पोनेन्टहरूले १०० प्रतिशत इन्टर्नल लुमिनस इफिसियन्सीका साथ फोस्फोरेसेन्ट म्याटेरियल्स (सामग्रीहरू) प्रयोग गर्दछन् भने नीलो ओएलईडी हरूले २५ प्रतिशत इफिसियन्सी (दक्षता) का साथ लेस इफिसियन्ट फ्लोरोसेन्ट म्याटेरियल्स प्रयोग गर्ने गर्दछन्।
सामसङको लक्ष्य भनेको यी लेस इफिसियन्ट ब्लू फ्लोरोसेन्ट म्याटेरियल्स (कम कुशल नीलो फ्लोरोसेन्ट सामग्रीहरू) लाई थप प्रभावकारी ब्लू लाईट–इमिटिङ्ग म्याटेरियल्स (नीलो प्रकाश उत्सर्जन गर्ने सामग्रीहरू) सँग प्रतिस्थापन गर्ने र यसले सम्भावित रूपमा समग्र ओएलईडी पावर खपतमा कमी ल्याउन सक्ने उल्लेख छ।
बजार अनुसन्धान फर्म यूबीआई रिसर्चले रिपोर्ट गरेअनुसार यो नयाँ म्याटेरियल सेट जसलाई सामसङ डिस्प्लेको फ्लेक्सिबल ओएलईडी म्याटेरियल सेट एम१५ को भाग भएको अपेक्षा गरिएको छ भने यसलाई सन् २०२५ को दोस्रो भागमा लन्च गर्ने लक्ष्य राखिएको छ। सुरुवातमा, सन् २०२४ को मध्यमा ब्लू-पीएचओएलईडी म्याटेरियल्सलाई शुरुवात गराउनको लागि अपेक्षाहरू तय गरिएको थियो। यद्यपि, विकास चुनौतीहरुका कारणले गर्दा उक्त टाइमलाइनलाई सन् २०२५ को दोस्रो भागमा धकेलिएको उल्लेख छ।
नयाँ ब्लू पीएचओएलईडी म्याटेरियल्सले एम११ र एम१३ जस्ता अघिल्लो सेटहरूमा प्रयोग गरिएका म्याटेरियल्सको तुलनामा कम्तिमा ५५ प्रतिशतको लुमिनस इफिसियन्सी (उज्यालो दक्षता) र ६५ प्रतिशत भन्दा बढीको ब्राइटनेस इफिसियन्सी (चमक दक्षता) हासिल गर्ने अनुमान गरिएको छ।
साममोबाइलले रिपोर्ट गरेअनुसार सामसङको ग्यालेक्सी जेड फोल्ड ७ र फ्लिप ७ सन् २०२५ मा नयाँ ब्लू पीएचओएलईडी प्रविधि अपनाउने पहिलो डिभाइस हुनसक्ने अनुमान छ। विकास अन्तर्गत रहेका ब्लू (निलो) पीएचओएलईडी म्याटेरियल्सको जीवन अवधि ब्लू फ्लोरोसेन्ट म्याटेरियल्सको ५५ प्रतिशत मात्र हुने उल्लेख गरिएको छ।
चुनौतिहरूको बावजुद, ब्लू पीएचओएलईडी प्रविधिमा सामसङको प्रगतिलाई ओएलईडी उद्योगमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ।
प्रकाशित: ७ मंसिर २०८०, बिहीबार