Technology Khabar ७ मंसिर २०८०, बिहीबार
काठमाडौं ।
आगामी आईफोन १६ लाइनअपको बारेमा विभिन्न लीक र रिपोर्टहरु आइरहेको छ। साथै भर्खरैको रिपोर्टले आईफोन १६ प्रोले फोटोग्राफी विभागमा उल्लेखनीय सुधार गर्न सक्ने दावी गरेको छ।
कुपर्टिनोमा आधारित जायन्टले आईफोन १५ प्रो म्याक्स मोडलमा एक्सक्लुसिभ रहेको क्यामरा लेन्स टेक सानो आईफोन १६ प्रो मा ल्याउने अपेक्षा गरिएको छ। परिचित विश्लेषक मिङ–ची कुओका अनुसार आईफोन १६ प्रो मा एप्पलको टेट्राप्रिज्म १२० एमएम टेलिफोटो शूटर पनि हुने जनाइएको छ।
साथै टेट्राप्रिज्म क्यामरा लेन्सको एकमात्र आपूर्तिकर्ता लार्गनको उत्पादनमा सुधार भएकाले सुधारिएको टेट्राप्रिज्म क्यामरा आइपुगेको कुओले थप उल्लेख गरेका छन्।
सुरुवातमा, पेरिस्कोप लेन्सले कम उत्पादनको सामना गरेको थियो भने सुधारहरूले उत्पादनलाई ७० प्रतिशत भन्दा बढि बढाएको उल्लेख छ।
अर्को शब्दमा भन्दा यो क्यामरा लेन्स उत्पादन अधिक लाभदायक भएको जनाइएको छ। तसर्थ, एप्पलले २०२४ मा सानो प्रो मोडलमा टेट्राप्रिज्म टेक्नोलोजी पनि उपलब्ध गराउनेछ भनेर कुओले विश्वास व्यक्त गरेका छन्।
एप्पल र ह्वावे सन् २०२४ मा ग्लोबल पेरिस्कोप क्यामरायुक्त स्मार्टफोन ढुवानीमा दुई द्रुत वृद्धि हुने ब्रान्ड हुने अनुमान गरिएको विश्लेषकले उल्लेख गरेका छन्। साथै एप्पल र ह्वावेका लागि पेरिस्कोप लेन्सको प्राथमिक आपूर्तिकर्ताको रुपमा लार्गन रहने अपेक्षा गरिएको छ।
त्यसैले सुधारिएको क्यामरा प्रविधि ह्वावे पी७० सिरिजमा समावेश गरिने अपेक्षा गरिएको छ। ह्वावेको पी सिरिज फोटोग्राफीलाई जोड दिने फ्ल्यागशिप डिभाइसहरू हुन्।
प्रकाशित: ७ मंसिर २०८०, बिहीबार