सन् २०२३ को तेस्रो त्रैमासिकमा पनि युरोपमा स्मार्टफोन ढुवानी सुस्त

Technology Khabar ७ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

विश्वव्यापी स्मार्टफोन ढुवानी प्रवृति जस्तै, युरोपले पनि सन् २०२३ को सेप्टेम्बर ३० मा समाप्त भएको त्रैमासिकको ढुवानीमा कमी भएको दर्ता गरेको छ। काउन्टरपोइन्ट रिसर्चको नयाँ प्रतिवेदन अनुसार, सन् २०२३ को तेस्रो त्रैमासिकमा स्मार्टफोन ढुवानी ११ प्रतिशतले वर्षिक रुपमा घटेको छ।

सामसङ र एप्पल जस्ता प्रमुख ओरिजीनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओईएम) हरुले क्रमशः २०११ र २०१४ पछिको सबैभन्दा खराब त्रैमासिक रेकर्ड गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार पश्चिमी युरोपेली बजारमा ८ प्रतिशतले माग घटेको र पूर्वी युरोपमा भने १५ प्रतिशतले कमी आएको जनाइएको छ। यस क्षेत्रमा चलिरहेको आर्थिक र भूराजनीतिक चुनौतीहरू सुस्त बिक्रीको मुख्य कारण भएको उल्लेख छ।

यद्यपी गिरावटको बीचमा, सामसङले ३२ प्रतिशत बजार हिस्साको साथ आफ्नो प्राथमिक स्थानलाई कायम राख्यो भने एप्पलले २४ प्रतिशतका साथ पहिलो स्थानमा राहेको र रियलमीले २२ प्रतिशत बजार हिस्सा उठाएको जनाइएको छ। त्यसैगरी अघिल्लो वर्षको ४ प्रतिशत बजार हिस्साको तुलनामा अनरको ८ प्रतिशतको साथ वृद्धि भएको छ।

तथ्याङ्कको बारेमा बोल्दै, अनुसन्धान विश्लेषक हर्षित रस्तोगीले भने, “सन् २०२३ को तेस्रो त्रैमासमा सन् २०११ यता सबैभन्दा कम स्मार्टफोनको ढुवानी भएको छ। यद्यपि, केही ओईएमहरुले बजारमा फुटहोल्ड प्राप्त गर्न सफल भएका छन्, जस्तै ट्रान्ससन ब्रान्डहरू टेक्नो र इन्फिनिक्स (विशेष गरी रूसमा), जबकि अनरले पश्चिमी यूरोपमा राम्रो गरिरहेको छ। शीर्ष खेलाडीहरूको बजार सेयर उस्तै रहँदा पनि, चिनियाँ ओईएमहरू आपसमा स्थान परिवर्तन गर्दैछन्।”

सामसङले यस क्षेत्रमा आफ्नो फोल्डेबलको राम्रो मागको साथ आफ्नो स्थिति कायम राख्यो भने, एप्पलले यो त्रैमासिकमा आईफोन १५ सिरिजको साथ केही बिक्री बढाउने उल्लेख छ। शाओमीले रूसी बजारमा आफ्नो उपस्थितिको कारण केही पश्चिमी युरोपेली देशहरूबाट प्रतिक्रियाको सामना गरिरहेको छ। यसको बजार हिस्सा १३ प्रतिशतले घटेको जनाइएको छ। त्यसैगरी ओप्पोले पनि युरोपेली क्षेत्रमा केही समस्याका कारण आफ्नो स्थान गुमाउँदैछ। यद्यपी अनर, टेक्नो र इन्फिनिक्सले भने अघिल्लो वर्षको तुलनामा असाधारण बृद्धि दर्ता गरेकोछ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया