Technology Khabar ७ मंसिर २०८०, बिहीबार
काठमाडौं ।
शाओमीले सोमबार आफ्नो सन् २०२३ को तेस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन जारी गरेको छ। प्रतिवेदन अनुसार, कम्पनीको कुल राजस्व ७०.९ बिलियन युआन (९.९२ बिलियन अमेरिकी डलर) पुगेको छ भने कम्पनीले ६ बिलियन युआन (८४० मिलियन अमेरिकी डलर) को समायोजित खुद नाफा पोस्ट गरेको छ, जुन १८२.९ प्रतिशत वार्षिक दरको वृद्धि भएको उल्लेख छ।
शाओमीले उल्लेखनीय रूपमा २२.७ प्रतिशतको ऐतिहासिक हाई ग्रस मार्जिन हासिल गरेको र १२७.६ बिलियन युआन (१७.८ बिलियन अमेरिकी डलर) को अभूतपूर्व नगद जम्मा गरेको छ।
शाओमीले रिसर्च एण्ड डेभलपमेन्ट (अनुसन्धान र विकास) मा वार्षिक २२ प्रतिशत वृद्धि गर्दै कुल ५ बिलियन युआन (७०० मिलियन अमेरिकी डलर) खर्च गरेको छ। यो लगानीले शाओमीको “पिपल, कार, होम” इकोसिस्टम रणनीतिलाई ड्राईभ गर्ने र यसको केन्द्रबिन्दु शाओमी हाइपरओएस भएको उल्लेख छ।
साथै ५,००० भन्दा बढी इन्जिनियरहरूको टोलीद्वारा सात वर्षमा विकसित गरिएको नयाँ अपरेटिङ सिस्टमलाई एक व्यापक इकोसिस्टम निर्माण गर्ने शाओमीको प्रतिबद्धतालाई रेखांकित गर्दै अरबौं डिभाइसहरूलाई निर्बाध रूपमा कनेक्ट गर्न डिजाइन गरिएको हो।
शाओमीको स्मार्टफोन डिभिजन, विशेष गरी शाओमी १४ सिरिजले पनि उल्लेखनीय वृद्धिको अनुभव गर्दै १६.६ प्रतिशतको रेकर्ड ग्रस मार्जिनको वृद्धि गरेको र लन्च द्वौरान एक मिलियन भन्दा बढी एकाइहरू बिक्री गरेको छ।
थप रूपमा, शाओमीले २०.७ बिलियन युआन (२.८ बिलियन अमेरिकी डलर) र १७.८ प्रतिशतको कुल मार्जिनमा ऐतिहासिक उच्च राजस्व प्राप्त गर्दै इन्टरनेट अफ थिङ्गस (आईओटी) र कन्जुमर प्रोडक्टस् सेगमेन्ट (उपभोक्ता उत्पादनहरूको खण्ड) मा उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ।
तिनीहरूको आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्गस (एआईओटी) प्लेटफर्म अब ६९९ मिलियन आईओटी डिभाइसहरूसँग जोडिएको छ भने एमआई होम एपका मासिक सक्रिय प्रयोगकर्ताहरू १६ प्रतिशतले बढेर ८४ मिलियन पुगेको छ।
प्रकाशित: ७ मंसिर २०८०, बिहीबार