बाइनान्सको मामलाले बिटक्वाइनको मूल्यमा ठूलो गिरावट

  • Technology Khabar | ६ मंसिर २०८०, बुधबार
बाइनान्सको मामलाले बिटक्वाइनको मूल्यमा ठूलो गिरावट

काठमाडौं ।

बजार मूल्यका आधारमा सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनमा बुधबार ३.२६ प्रतिशतले गिरावट आएको छ। यसको मूल्य ३६,३४३ डलरमा थियो। पछिल्लो एक दिनमा बिटक्वाइनको मूल्य १,१२९ डलरले घटेको छ।

प्रमुख क्रिप्टो एक्सचेन्जहरू मध्ये एक, बाइनान्सका सीईओ चाङ्गपेङ्ग झाओ, संयुक्त राज्य अमेरिकामा एन्टि मनी लन्ड्रिंग कानून तोडेकोमा दोषी पाईएपछि क्रिप्टो बजारमा कमजोरी आएको हो।

दोस्रो सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ईथरको मूल्य २.६३ प्रतिशतले घटेर १,९७७ डलरमा व्यापार भइरहेको थियो। बाइनान्स टोकन बाइनान्स क्वाइनको मूल्य सबैभन्दा बढी ११.६९ प्रतिशतले घटेको छ। यो लगभग २३२ डलरमा थियो।

यसबाहेक अन्य क्रिप्टोकरेन्सीहरु टिथर, रिपल, सोलाना, कार्डानो, ट्रोन, चेनलिंक, पोलिगन र लाइटकोइनको मूल्य पनि घटेको छ। पछिल्लो एक दिनमा क्रिप्टोको बजार पुँजीकरण करिब २.४५ प्रतिशतले घटेर १.३८ ट्रिलियन डलर पुगेको थियो।

अमेरिकी न्याय विभागले बाइनान्सलाई ४ बिलियन भन्दा बढी जरिवाना गरेको छ। यो न्याय विभागले फौजदारी मुद्दामा लगाएको सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो।

चाङपेङले बाइनान्सको सीईओ पदबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्। यो कुराले आगामी दिनमा क्रिप्टो बजारमा ठूलो प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

बिटक्वाइनले दुई वर्षअघि करिब ६८,००० डलरको उचाइ बनाएको थियो। त्यसयता ठूलो गिरावट आएको छ। जसका कारण लगानीकर्ताले ठूलो घाटा बेहोर्नुपरेको छ ।

स्मरणरहोस् नेपालमा र नेपालीहरुलाई क्रिप्टोकरेन्सीहरु कारोबारमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ।

प्रकाशित: ६ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...