डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले नगद रु. दश लाख पाउने

Technology Khabar ६ मंसिर २०८०, बुधबार

काठमाडौं ।

“डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ। लक्की ड्र मार्फत २०८० मंसिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ।

कम्पनीकाअनुसार  असोज १ गतेदेखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्नुहुने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन्। यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनि नगद रु दश लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने बताईएको छ।

यस अघि हरेक हप्ता सुपरस्टार बनि नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ। अब यो योजनाको अन्तिममा मेगास्टार वनि नगद रु दश लाख जित्ने मौका आएको छ। मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि यो योजनामा सहभागी हुन सकिनेछ।

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया