आगामी आईफोन १६ प्रोमा राखिने प्रोटोटाइप ब्याट्रीको तस्विर लीक

Technology Khabar ६ मंसिर २०८०, बुधबार

काठमाडौं ।

एप्पलले आफ्नो आईफोन १६ सिरिजको लागि ओभरहल्ड कुलिङ सेटअपमा काम गरिरहेको चर्चा रहेको छ र हाल आईफोन १६ प्रो को प्रोटोटाइप ब्याट्रीको लीकको साथ पुष्टिको पहिलो सेट प्राप्त भएको उल्लेख गरिएको छ।

तस्बिरहरूमा ब्याट्रीलाई ब्रस्ड मेटल ब्राकेटमा इनकेस्ड गरिएको देखिएको र जुन सम्भवतः हिट डिसिपेसन प्रोसेस (तातो अपव्यय प्रक्रिया) मा मद्दत गर्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

लीक भएको आईफोन १६ प्रो को लि–आयन ब्याट्री सेल ३,३५५ एमएएच (१३.०२ वाट–आवर) क्षमताको साथ सूचीबद्ध रहेको छ भने यसलाई चीनको डेसे कर्पोरेशनले निर्माण गरेको छ। साथै यसमा पनि आईफोन १५ प्रो सिरिजको ब्याट्रीजस्तै जे–आकार फिचर गरिएको उल्लेख छ।

आईफोन १५ प्रो मा ३,२७४ एमएएचको थोरै सानो ब्याट्री सेल क्यापासिटी (क्षमता) फिचर गरिएको छ। साथै यो प्रारम्भिक प्रोटोटाइप ब्याट्री डिजाइन र क्षमता आईफोन १६ प्रो प्रोडक्सन मोडलहरूमा पनि प्रयोग गरिएको हुनसक्ने अनुमान छ।

प्रकाशित: ६ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया