टियूले बीसीएको प्रवेश परीक्षा पुन खुलायो

Technology Khabar ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (टियू)को मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गतको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)को प्रवेश परीक्षा पुन खुलाएको छ।

टियूले २०८०/८१ शैक्षिक सत्रका लागि बीसीएका लागि पुन प्रवेश परीक्षा खुलाएको हो।

टियूले मंसिर ५ गते सूचना प्रकाशित गर्दै बीसीएका लागि पुन प्रवेश परीक्षा खुलाएको हो। पुन प्रवेश परीक्षाका लागि योग्यता पुगेका परीक्षार्थीले मंसिर ७ देखि २३ मंसिरसम्म अनलाइन फारम भर्न सक्छन्।

फारमको शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। शुल्क विद्यार्थीले इसेवा वा खल्ती वालेट मार्फत भुक्तानी गर्न सक्छन्।

इन्ट्रान्स परीक्षाको लिखित मंसिर २५ गते १ बजेदेखि सुरु हुनेछ। परीक्षा केन्द्र पछि तोकिने टियूले जनाएको छ। इन्ट्रान्सको नतिजा २७ मंसिरमा प्रकाशन गरिनेछ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया