Technology Khabar ५ मंसिर २०८०, मंगलवार
काठमाडौं ।
भुक्तानी कार्य गर्ने संस्थाले आगामी असार मसान्तसम्म ग्राहक पहिचान (केवाईसी) को व्यवस्था गर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० मा यस्तो व्यवस्था उल्लेख गरिएको छ।
राष्ट्र बैंकको निर्देशनमा लेखिएको छ, ‘ ग्राहक पहिचानसम्बन्धी व्यवस्थाबमोजिम पूर्ण रुपमा कागजात तथा विवरण पेश नगरी कारोबार गरिरहेका विद्यमान ग्राहकहरूको हकमा संस्थाले २०८१ असार मसान्तसम्ममा सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने व्यवस्था गर्नुपर्ने छ।’
साथै भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले वालेट सञ्चालन गर्न ग्राहक पहिचानसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न÷गराउन आवश्यक कागजात/विवरणहरूको सूची तयार गरी अनलाइन फाराम भर्ने/भराउने तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्ने छ।
प्रकाशित: ५ मंसिर २०८०, मंगलवार