एन्ड्रोइड प्रयोगकर्ताहरूलाई एप्स साइडलोड नगर्न गुगलका सीईओ सुन्दर पिचाईको चेतावनी

Technology Khabar ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

एप्पल र गुगल दुवैलाई असर गर्ने एप साइडलोडिङ हालैका वर्षहरूमा लोकप्रिय बन्दै आएको छ। एन्ड्रोइडले लामो समयदेखि थर्ड–पार्टी प्रोग्राम्स र एप्स स्वीकार गरिसकेको छ भने एप्पल पनि परिवर्तन गर्न बाध्य भइरहेको छ।

यसैबीच गुगलका सीईओ सुन्दर पिचाईले एपिक गेम्ससँगको कानुनी विवादमा एप विकासकर्ताहरूलाई प्रिमियम चार्ज गरेर प्रतिस्पर्धालाई दबाउने कम्पनीको कथित अभ्यासको बारेमा बयान दिएका गीज्मोचाइनामा उल्लेख गरिएको छ।

त्यसैगरी सुन्दर पिचाईले उपभोक्ताहरूलाई भाइरसबाट जोगाउन र उनीहरूको सुरक्षालाई खतरामा नपार्न गुगलले एन्ड्रोइड फोनहरूमा साइडलोडिङ प्रोग्राम्स निषेध गरेको स्पष्ट गरेका छन्। साथै उनले एन्ड्रोइडको ठूला र फोल्डेबल फोनको डिजाइनलाई औंल्याउँदै, गुगलका सिद्धान्तहरूले च्वाइस र क्रिएटिभिटीलाई कसरी अनुमति दिन्छ भन्ने कुरा पनि हाइलाइट गरेका छन्।

साइड लोडिङलाई एन्ड्रोइडले सधैं ओपन–सोर्स (खुला स्रोत) प्लेटफर्मको रूपमा अँगालेको छ भने पिचाईले साइडलोडिङबारे छलफल गरेका छन्। उनले अन्य एप सप्सबाट प्रोग्राम इन्स्टल गर्दा भाइरसबारे छलफल गर्नु भन्नुको अर्थ कम्पनीले मानिसहरुमा डर जगाउने प्रयास गरेको दाबी छ।

वास्तवमा, यसले साइडलोड गरिएका एन्ड्रोइड एपहरू परीक्षण गर्न प्ले प्रोटेक्ट फङ्गसन प्रयोग गर्न सुरु गरेको उल्लेख छ।

प्रयोगकर्ताहरूले डाउनलोड गर्न सक्ने एपहरूमा गुगलको अधिक नियन्त्रण हुनेछ। यद्यपि प्ले स्टोर एप्लिकेसनहरूले ग्राहकहरूलाई उच्चतम स्तरको सुरक्षा प्रदान गर्ने दाबी गरेपनि, भर्खरको क्यास्परस्की सुरक्षा अध्ययनले भने गुगलको एप्स स्टोरबाट २०२३ मा मात्रै ६०० मिलियन मालिसियस एप डाउनलोडहरू रेकर्ड गरिएको देखाएको उल्लेख छ।

उता एप्पलले लामो समयदेखि प्रोग्रामहरू साइडलोड गर्ने क्षमताको विरोध गर्दै आएको छ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया