वानप्लस १२ डिसेम्बर ४ मा सार्वजनिक हुने

Technology Khabar ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

वानप्लसले डिसेम्बर ४ मा चीनको शेन्जेनमा एउटा कार्यक्रम आयोजना गरेर आफ्नो दशौं वार्षिकोत्सव मनाउन तयारी गरिरहेको छ। यस कार्यक्रमको मुख्य विशेषताको रुपमा सीईओ तथा संस्थापक पीट लाउले नयाँ वानप्लस १२ घोषणा गर्नेछन्।

विभिन्न लीकका अनुसार वानप्लसको आगामी फ्ल्यागसिपमा बीओईले विकास गरेको ६.८२ इन्चको एलटीपीओ ओएलईडी प्यानलमा १४४० वाई ३१६८ पिक्सेल रिजोल्युसनमा २६०० निट पिक ब्राइटनेस छ। वानप्लस १२ ले सोनीको नयाँ ४८ मेगापिक्सेल डुअल–लेयर स्ट्याक्ड लिटिढा ८०८ मुख्य सेन्सरका साथमा ३एक्स अप्टिकल जुम प्रदान गर्ने टेलिफोटो लेन्सका साथ १/२.० इन्चको ६४ मेगापिक्सेल ओभी६४बी सेन्सरको साथ अपडेट गरिएको क्यामरा सेटअपका साथ लन्च गरिनेछ। रिपोर्टका अनुसार तेस्रो क्यामरा मोड्युल कभर गर्नका लागि ४८ मेगापिक्सेल अल्ट्रावइड लेन्स दिइने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

पछिल्लो एएनटीयूटीयू लिस्टिङले वानप्लस १२ स्न्यापड्रागन ८ जेन ३ चिपका साथ लन्च हुने पुष्टि गरेको छ। डिभाइसले १०० वाट चार्जिङ सपोर्ट गर्नेछ। चीनमा बिक्री हुने वानप्लस १२ मा एन्ड्रोइड १४ मा आधारित कलरओएस १४ र अन्तर्राष्ट्रिय भेरियन्टमा अक्सिजनओएस १४ अपरेटिङ सिस्टममा सञ्चालित हुनेछ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया