सामसङका बेलायती ग्राहकको डाटा ब्रिच एक वर्षसम्म भएको खुलासा

  • Technology Khabar | ५ मंसिर २०८०, मंगलवार
सामसङका बेलायती ग्राहकको डाटा ब्रिच एक वर्षसम्म भएको खुलासा

काठमाडौं ।

सामसङले बेलायतमा रहेका आफ्ना केही ग्राहकहरूको व्यक्तिगत जानकारीलाई उजागर गर्ने नयाँ डाटा ब्रिच (चोरी) को खुलासा गरेको छ।

कम्पनीले बताएअनुसार उक्त ब्रिचले जुलाई १, २०१९ र जून ३०, २०२० को बीचमा सामसङ युके अनलाइन स्टोरबाट खरिद गर्ने ग्राहकहरूलाई मात्र असर गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एक प्रयोगकर्ताले एक्स (पहिले ट्विटर) प्लेटफर्ममा साझा गरेको एक पत्र अनुसार नोभेम्बर १३ मा ब्रिच भएको सामसङले पत्ता लगाएको र सामसङद्वारा प्रयोग गरिएको थर्ड–पार्टी एप्लिकेसन्समा ह्याकरले कमजोरीको शोषण गरेको परिणाम भएको उल्लेख गरिएको छ।

खुलासा गरिएको डाटामा नाम, फोन नम्बर, पोस्टल (हुलाक) र इमेल ठेगानाहरू समावेश हुन सक्ने जनाइएको छ। यद्यपि, “समस्याले तपाइँको पासवर्ड वा वित्तीय जानकारीलाई असर गरेको छैन” सामसङले स्पष्ट पारेको छ।

सामसङले सुरक्षा समस्यालाई सम्बोधन गर्न कदम चालेको छ भने सो घटनालाई बेलायतको सूचना आयुक्तको कार्यालयमा रिपोर्ट गरेको उल्लेख छ। दुई वर्षमा सामसङले भोगेको यो तेस्रो डाटा ब्रिचको भएको बताईएको छ।

सन् २०२२ को जुलाई अन्तमा, ह्याकरहरूले सामसङ ग्राहकहरूको नाम, सम्पर्क, डेमोग्राफिक जानकारी, जन्म मिति र प्रोडक्ट (उत्पादन) दर्ता डाटा एक्सेस गरी चोरी गरेका थिए।

त्यसैगरी सन् २०२२ को मार्चमा, डाटा लुट्ने समूह ल्याप्सस ४ ले सामसङको नेटवर्क तोडेर ग्यालेक्सी स्मार्टफोनको स्रोर्स कोडसहित गोप्य जानकारी चोरेको उल्लेख छ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार