पब्जी मोबाइल विश्वकपको समूह चरणबाट बाहिरियो नेपाली टिम डीआरएस गेमिङ

Technology Khabar ४ मंसिर २०८०, सोमबार

काठमाडौं ।

पब्जी मोबाइलको विश्वकपको रुपमा रहेको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२३ मा नेपाली टिम डीआरएस गेमिङको यात्रा ग्रुप स्टेजबाटै सकिएको छ।

ग्रुप एल्लोमा रहेको डीआरएस गेमिङले खराब प्रदर्शन गर्दै प्रतियोगिताबाट बाहिरिएको हो। गत सिजनको उपविजेता डीआरएस गेमिङ ग्रुप स्टेजको अंक तालिकामा १५ औं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।

डीआरएसले कुल २४ खेलमा जम्मा ९४ प्वाइन्ट प्राप्त गरेको थियो। जसमा २४ प्लेसमेन्ट र ७४ इलिमिनेसन प्वाइन्ट रहेको छ।

ग्रुप एल्लोबाट एमपी, ४एमभी र डब्ल्यूबीजी अंक तालिकामा शीर्ष ३ भित्र पर्दै ग्रान्ड फाइलनमा पुगेका छन्। ४ देखि ११ औं स्थानमा रहेका टिमले फाइनल पुग्नका लागि सर्भाइवल स्टेजमा प्रतिस्पर्धा गर्ने छन्। सर्भाइवल स्टेजमा ग्रुप रेड र ग्रिनको अंक तालिकाको शीर्ष ४ देखि ११ औं स्थानमा रहेका टिमले प्रतिस्पर्धा गर्नेछन्। सर्भाइवल स्टेजमा शीर्ष १६ स्थानमा आउने टिमले फाइलन पुग्नका लागि लास्ट चान्समा पुन प्रतिस्पर्धा गर्नेछन्। लास्ट चान्समा शीर्ष ५ स्थानमा आउने टिम फाइलन पुग्नेछन्।

डीआरएस गेमिङ पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनसिप फल २०२३ मा पनि खराब प्रदर्शन गर्दै सिँधै पीएमजीसीका लागि छनोट हुन सकेको थिएन। तर अघिल्लो सिजनको पीएमजीसीमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा डीआरएस गेमिङलाई स्पेसल इन्भाइट (विशेष निमन्त्रणा) मार्फत पीएमजीसी २०२३ खेल्ने मौका दिइएको थियो। तर यस सिजनको पीएमजीमा नेपालको प्रतिनिधित्व गरेको डीआरएस गेमिङको प्रदर्शन बिसर्न लायक रहयो।

आफ्नो ग्रुपमा १५ औं स्थानमा रहेको डीआरएस गेमिङले १० हजार ५०० अमेरिकी डलरमा चित्त बुझाउन बाध्य भयो।

प्रकाशित: ४ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया