Technology Khabar ४ मंसिर २०८०, सोमबार
काठमाडौं ।
टेक्नो मोबाइलका दुई नयाँ फोन, पोभा ५ र क्यामोन २० नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन्। टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली उपभोक्ताको आवस्यकता र रोजाईलाइ मध्यनजर राख्दै नेपाली बजारमा भित्र्याएको जनाएको छ।
पोभा मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा ५ (POVA 5) विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरुले निकै रुचाउनेमा वितरक कम्पनि विश्वस्त छ। ८+८ जिबीको र्याम, १२८ जिबीको इन्टरनल स्टोरेज र ४५ वाटकाे चार्जर सहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिनेछ।
६००० एमएएचको ब्याट्रीका साथ आउने पोभा ५ ६.७८ इंच एफएचडी प्लस डट इन डिस्प्लेमा उपलब्ध छ। यसमा जडित ‘भ्यापर च्याम्बर’ ले फोन नतात्ने र ६ एनएम प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ। ५० मेगा पिक्सेलको एचडि डुअल रिअर क्यामरा पोभा ५ मोबाइलको अर्को आकर्षक फिचर हो।
त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरुको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, क्यामोन २० मोबाइल। ६४ मेगापिक्सलको सुपर नाइट रियर क्यामिरा र ३२ मेगापिक्सलको एआई सेल्फी क्यामराको साथमा क्यामोन २० आकर्षक ७.८ मिमी पातलो डिजाइनमा उपलब्ध छ। ६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटकाे चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो।
क्यामोन २० को ५००० एमएएचको ब्याट्री र ८+८ जिबि र्यामले प्रयोगकर्तालाइ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ।
यो चाड पर्वको अवसरमा नयाँ मोबाइल किन्न वा किनिदिन इच्छुकहरु अब धेरै अलमलमा नपर्ने वितरक महालक्ष्मी मोबाइल्सले जनाएको छ।
प्रकाशित: ४ मंसिर २०८०, सोमबार