
काठमाडौं ।
ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ ।
न्यू भेन्चर्सको भाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुने भएको हो ।
न्यू भेन्चर्सको लगानी तिव्र वृद्धि र सकरात्मक सामुदायिक प्रभावमा केन्द्रित रहनेछ जसको विभिन्न लगानी मापदण्डहरू तोकिएका छन् ।
मापदण्डमा विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरू, पोस्ट–सीड/प्रि–सिरिजए कम्पनीहरू– प्रमाणित उत्पादन बजार फिट भएका द्रुत अर्गानिक वृद्धि हेल्दी इकोनोमिक्स एन्ड क्यास फ्लो भएका व्यवसायहरु रहेका छन्।
इनड्राइभको न्यू भेन्चर्स भाईस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले भने “कुनै समयको अन्डरडग र अहिलेको विश्वव्यापी कम्पनी—इनड्राइभ पक्कै पनि उदीयमान लगानीकर्ता हो जसले अन्यायलाई चुनौती दिने आफ्नो मिशनमा प्रतिबद्ध रहँदै द्रुत रुपमा विश्वव्यापी वृद्धि हासिल गरिरहेको छ । मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरु गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गरेर अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको छ । उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामा पूँजी बजारमा न्यून पहुँच भएका यस्ता कम्पनीहरुमा लगानी गर्न खोजेको हो।”
इनड्राइभको यो न्यू भेन्चर्स युनिट आफ्नो लगानी रहेको या आफुले अक्वाएर गरेको कम्पनीहरुलाई इनड्राइभको प्लेटफर्म मार्फत तिब्रगतिमा बढाउन केन्द्रित छ। यी कम्पनीहरूले ४५ भन्दा धेरै बजारहरूमा विश्वव्यापी मल्टि–मिलियन कस्ट्युमर बेस, कम्पनीको गो–टू–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमा आफ्नो बलियो उपस्थिती बनाउन यी कम्पनीहरु सक्षम हुनेछन् ।
एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरूमा मुख्य रणनीतिक भूमिका निभाएका छन् । जसमा मोर्गन स्टेनली र एभिभा लगायत प्रमुख कर्पोरेटहरूमा व्यावसायिक रूपान्तरण, एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ । उनले युरोप, मध्य पूर्व र एशिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्र कर्पोरेट उद्यम निर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफल उद्यमहरू पनि निर्माण गरेका छन् ।
इनड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले भने, “न्यू भेन्चर्सको मुख्य मिसन भनेको परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्नु र तिनीहरूको सकारात्मक प्रभाव बढाउनको लागि तिनीहरूको विस्तारमा सहयोग गर्नु हो। एन्ड्रिजसँग कर्पोरेट र उद्यम निर्माण अनुभवको एक अद्वितीय मिश्रण छ जसले गर्दा उनी न्यू भेन्चर्सको नेतृत्व गर्न योग्य र सक्षम छन् । उनको ऊर्जा र अनुभवले हामीलाई हाम्रो लगानी लक्ष्यहरू हासिल गर्न मद्दत गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”
प्रकाशित: ३ मंसिर २०८०, आईतवार