काठमाडौं ।
छिमेकी देश भारतको जम्मू-कश्मीर पुलिसले जीपीएस ट्र्याकर एन्कलेट अभियान सुरु गरेको छ, जुन आतंकवादी र जमानतमा रिहा भएका कैदीहरूको खुट्टामा जडान गरिनेछ। एनआईए अदालतको फैसलापछि जम्मू कश्मीर प्रहरीले यो कदम चालेको हो।
भारतीय मिडिया रिपोर्टअनुसार जम्मू कश्मीर पुलिसले हाल परीक्षणको रूपमा जीपीएस ट्र्याकर एन्कलेट सुरु गरेको छ, जसमा पुलिसले आतंकवादसँग सम्बन्धित व्यक्तिहरू, यूएपीए अभियुक्तहरू र संदिग्ध गतिविधिहरूमा संलग्न व्यक्तिहरूको शरीरमा जीपीएस ट्र्याकर एन्कलेटहरू स्थापना गर्नेछ। यसअघि एनआईए विशेष अदालतले आतङ्कवादी अभियुक्त फरार हुन नपरोस् भनेर जीपीएस ट्र्याकर स्थापना गर्न निर्देशन दिएको थियो।
रिपोर्टका अनुसार जेलबाट रिहा भएका व्यक्तिको घुँडामा ट्र्याकर जडान गरिएको हुनेछ। यो ट्रयाकरलाई प्रहरी नियन्त्रण कक्षमा जोडिनेछ। यसमार्फत आवश्यक परेमा प्रहरीले जुनसुकै बेला अभियुक्तलाई पत्ता लगाउन सक्नेछ। यसका साथै जनताको गतिविधिलाई पनि निगरानी गर्न सकिन्छ। आतंकवादसँग सम्बन्धित व्यक्तिहरू, तिनीहरू कहाँ जान्छन् र कसलाई भेट्छन् भन्ने जानकारी पनि सङ्कलन गर्न सकिन्छ। यसले ती व्यक्तिहरूमा डर पैदा गर्ने र उनीहरूको गतिविधिलाई पनि नियन्त्रण गर्ने प्रहरीको अपेक्षा छ।
प्रकाशित: ३ मंसिर २०८०, आईतवार