चीनको बेइदौउ नेभिगेसन सिस्टमलाई अब व्यावसायिक हवाई उडानमा ग्लोबल स्ट्याण्डर्डको मान्यता

  • Technology Khabar | २ मंसिर २०८०, शनिबार
चीनको बेइदौउ नेभिगेसन सिस्टमलाई अब व्यावसायिक हवाई उडानमा ग्लोबल स्ट्याण्डर्डको मान्यता

काठमाडौं ।

चीनको बेइदौउ नेभिगेसन सिस्टमले अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक उड्डयनको लागि विश्वव्यापी मानककोरूपमा मान्यता प्राप्त गरेर महत्त्वपूर्ण कोसेढुङ्गा हासिल गरेको छ।

यो मान्यताले स्याटेलाइट नेभिगेसन टेक्नोलोजीमा ठूलो फड्को मारेको छ भने लामो समयदेखि स्थापित अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को एक व्यवहार्य विकल्पको रूपमा बेइदौउलाई पनि स्थान दिएको छ।

नेटवर्कमा कुल ५६ पोजिसनिङ स्याटेलाइट

सन् २०२० मा पूरा भएको बेइदौउले ५६ पोजिशनिङ स्याटेलाइटहरूको नेटवर्क फिचर गर्दछ। इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेसन (अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन) ले यसलाई अपनाएको हुनाले यसको भरपर्दो विश्वव्यापी नेभिगेसन सेवाहरू प्रदान गर्ने क्षमतालाई जनाएको र नागरिक उड्डयनका लागि पनि महत्वपूर्ण कारक भएको उल्लेख छ। साथै यो विकासले चीनको प्राविधिक विकासलाई मात्र नदेखाएर विश्वव्यापी स्याटेलाइट नेभिगेसन बजारमा नयाँ खेलाडीको परिचय पनि दिएको छ।

विभिन्न घरेलु उद्योगहरूमा प्रणालीको इन्टिग्रेसन रहेको जनाइएको छ। बेइदौउ चीनको यातायात, सञ्चार र कृषि क्षेत्रमा व्यापक रूपमा प्रयोग गरिएको छ।

सन् २०२२ मा चीनको स्याटेलाइट नेभिगेसन उद्योगलाई बेइडोले बलियो बनाएको र ५००.७ अर्ब युआनको उल्लेखनीय उत्पादन मूल्यमा पुगेर यस प्रविधिको आर्थिक प्रभाव प्रदर्शन गरेको थप उल्लेख छ।

बेइदौउको पहिचान प्राविधिक उपलब्धि मात्र नभएर यो विश्वव्यापी टेक्नोलोजी बजारमा आफ्नो उपस्थिति पुष्टि गर्न चीनको रणनीतिक कदम हो। यसले प्रविधिमा आत्मनिर्भरतातर्फ चीनको प्रयास र पश्चिमी प्रविधिको विकल्प उपलब्ध गराउने क्षमतालाई झल्काउँछ।

बेइदौउको विस्तारले विशेष गरी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभमा संलग्न देशहरूका साथै इन्टरनेशनल कर्पोरेसन (अन्तर्राष्ट्रिय सहयोग) मा महत्त्वपूर्ण प्रभाव पार्नेछ।

प्रकाशित: २ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...