क्वालकमको स्न्यापड्रागन ७ जेन ३ मोबाइल प्लेटफर्म घोषणा, एआईसहित अन्य क्षमतामा सुधार

  • Technology Khabar | १ मंसिर २०८०, शुक्रबार
क्वालकमको स्न्यापड्रागन ७ जेन ३ मोबाइल प्लेटफर्म घोषणा, एआईसहित अन्य क्षमतामा सुधार

काठमाडौं ।

क्वालकमले स्न्यापड्रागन ७ जेन ३ चिपसेट अनावरण गरेको छ। एसओसीले हाइ-इन्डको स्न्यापड्रागन ८ जेन ३ देखि मिड-रेन्ज स्मार्टफोनहरूमा जेनेरेटिभ एआई क्षमताहरूसहित अन्य धेरै महत्त्वपूर्ण सुधारहरू ल्याउने उल्लेख छ।

क्वालकमको नवीनतम चिपसेट टीएसएमसीको ४एनएम प्रक्रिया टेक्नोलोजीमा निर्मित रहेको तथा १+३+४ सिपीयू आर्किटेक्चरको बुस्ट गर्छ। प्राथमिक कोर २.६३ गिगाहर्जसम्म चल्ने तथा तीन परफर्मेन्स कोर २.४ गिगाहर्जमा चल्ने बताइएको छ। त्यस्तै चार दक्षता कोर १.८ गिगाहर्जमा काम गर्ने उल्लेख छ।

स्न्यापड्रागन ७ जेन ३ ले सिपीयू पर्फरमेन्समा लगभग १५ प्रतिशत सुधार तथा जिपीयू पर्फरमेन्समा अघिल्लो पुस्ताको स्न्यापड्रागन ७ जेन १ को तुलनामा ५० प्रतिशत सुधार प्रदान गर्ने क्वालकमको दाबी छ। चिपसेटले २० प्रतिशत राम्रो पावर बचत पनि प्रदान गर्ने बताइएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) को रेन्जमा, स्न्यापड्रागन ७ जेन ३ ले ७- सिरिजमा पहिलो पटक आईएनटी ४ को सटीक समर्थन प्रस्तुत गर्दै यसको हेक्सागन एनपीयूसँग एआई पर्फर्मेन्स प्रति वाट ६० प्रतिशत सुधार गर्ने गिज्माेचाइनामा उल्लेख छ।

स्न्यापड्रागन ७ जेन ३ ले एन्ड्रोइड १४ मा गुगल अल्ट्रा एचडीआर इमेज फर्मेटको लागि समर्थन, सुधारिएको एआई-बेस्ड फेस डिटेक्सन, हेड ट्र्याकिङको साथ स्थानिय अडियो, र मल्टी-डिभाइस स्न्यापड्रागन सिमलेस एक्स्पिरियन्सहरु जस्ता नयाँ सुविधाहरू पनि समावेश गर्नेछ।

डिभाइसमा तीन ओटा क्यामराबाट एकैसाथ क्याप्चर गर्नका लागि कन्टिन्यू सपाेर्ट पनि रहेकाे, तथा नयाँ “एआई रेमाेसइस” सुविधा हाइ-रिजोल्युसन परिणामहरूका लागि थप जीवन्त रङहरूका लागि ग्रेनी डिसकलरेसन  हटाउने उल्लेख छ।

कनेक्टिभिटीतर्फ, स्न्यापड्रागन ७ जेन ३ ले स्न्यापड्रागन एक्स ६३ फाइभजी मोडेम ५ जीबीपीएससम्म डाउनलोड गर्न तथा वाइफाइ ६ इ र ब्लुटुथ ५.३ समर्थन गर्ने बताइएकाे छ।

अनर र भिभाे स्मार्टफोन निर्माताहरू मध्ये एकले आफ्नो आगामी डिभाइसमा स्न्यापड्रागन ७ जेन ३ प्रयोग गर्ने योजना बनाएका छन्। अनरले अनर १०० फोनलाई स्न्यापड्रागन ७ जेन ३ सँग लन्च गर्ने अपेक्षा गरिएको छ। भिभाेले यसको भी ३० श्रृंखला स्मार्टफोनहरूमा चिप प्रयोग गर्ने सम्भावना रहेकाे उल्लेख छ।

प्रकाशित: १ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार