साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ

  • Technology Khabar | १ मंसिर २०८०, शुक्रबार
साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ

काठमाडौं ।

नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनकाअनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ।

उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन। रासस

प्रकाशित: १ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • १ मंसिर २०८०, शुक्रबार